मकवानपुर । मकवानपुरको भिमफेदी सानुटारमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भिमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारमा कन्टेनर ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको हो । मृत्यु हनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ सिचाई टोल बस्ने २४ वर्षीय अनिश खड्का रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
शनिबार राति भिमफदीको भैसेबाट हेटौंडातर्फ आउदै गरेको ना ५ख ८१२९को ट्रक र विपरीत दिसाबाट जाँदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्किएर दुर्घटना भएको थियो । मोटरसाइकललाई ठक्कर दिएको कन्टेनर सडकबाट एक सय मिटर तल खसेको मकवानपुर प्रहरी निरिक्षक अविनास अधिकारीले जानकारी दिए ।
उक्त दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा कन्टेनरका चालक बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२२ दुई नम्बर पुल बस्ने अन्दाजी ३२ वर्षका मधुकर विष्ट र कन्टेनरका मालिक मकवानपुरको भिमफदी गाउँपालिक वडा नम्बर–२ बस्ने वर्ष २८ का सुरेश घलान रहेको प्रहरी निरिक्षक अधिकारीले जनकारी दिए ।
घाइते चालक विष्ट हेटौंडास्थित चुरेहिल अस्पताल र अर्का घाइते घलानको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीको भनाई छ । मृतक खड्काको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।