• मंसिर १३ २०८१, बिहीबार

ओलीसँग धेरै नटाँसिनु भन्दै महन्थलाई प्रचण्डले सुझाए

चैत्र २१ २०७७, शनिबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग धेरै नटाँसिन आग्रह गरेका छन् ।

कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा दाहालले आफूहरूसँग नयाँ सरकारमा जान ठाकुरलाई आग्रह गर्दै ओलीसँग धेरै नटाँसिन आग्रह गरेका हुन् ।

दाहालले भने,‘केपी ओली मधेसी र मुस्लिमका हकअधिकार दिन चाहँदैनन्, त्यही भएर महन्थ ठाकुरलाई नयाँ मोर्चामा सामेल हुन सुझाएको हुँ ।’