काठमाडौं । यो साता २४ अर्ब १ करोड ३८ लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । गत साता ४ दिनमात्रै सेयर कारोबार भएको थियो । यो भन्दा अघिल्लो साता २९ अर्ब ५८ करोड ८२ लाख ८९ हजार रहेको थियो । अघिल्लो साता गत साताभन्दा भन्दा कारोबार रकम ५ अर्ब ५७ करोड ४४ लाख ६० हजार कम हो । गत साताभन्दा एक दिन कम कारोबार भएकाले पनि कारोबार रकम कम भएको हो ।
कारोबार रकमसँगै कारोबार कित्ता पनि गत साता घटेको छ । अघिल्लो साता ६ करोड ३१ लाख २१ हजार ६४ कित्ता शेयर कारोबार भएकोमा गत साता ४ करोड ७० लाख २१ हजार ७४ कित्ता शेयर कारोबार भएको छ । गत साता १ करोड ६० लाख ९९ हजार ९९० कित्ता कम शेयर कारोबार भएको हो ।
कारोबार रकम र कारोबार कित्ता बाहेकका अन्य महत्वपूर्ण सुचकहरु भने गत साता सकारात्मक देखिएका छन् । गत साता शेयर बजार २ हजार ६ सय ३१ दशमलव ८९ विन्दुमा बन्द भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा नेप्से परिसूचक ८२ दशमलव ९३ अंक माथी गएको हो । अघिल्लो साता अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ५४८ दशमलव ९६ अंकमा थियो ।
गत साता तीन दिन बढेको बजारको कुल बजार पूँजीकरण रकम हालसम्मकै उच्च कायम भएको छ । हाल नेपालको शेयर बजारको कुल पूँजीकरण ३६ खर्ब ३५ अर्ब ४८ करोड ५० लाख ८७ हजार रुपैया पुगेको छ । अघिल्लो साता यो रकम ३५ खर्ब २० अर्ब २२ करोड ७० लाख ५४ हजार थियो । दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये सर्वाधिक बजार पूँजीकरण नेपाल दुरसञ्चार कम्पनीको रहेको छ ।
कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य गत साता बढेको छ । कम्पनीको अन्तिम शेयरमूल्य १९ चैतमा १ हजार २ सय ८० कायम भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य १ हजार २ सय १७ रहेको थियो । साताको चार कारोबार दिनमा नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६३ रुपैयाले बढेको हो । अघिल्लो साता १ खर्ब ८२ अर्ब ५५ करोड रहेको कम्पनीको कुल बजार पूँजीकरण गत साता १ खर्ब ९२ अर्ब रुपैया कायम भएको थियो ।