• मंसिर ११ २०८१, मंगलवार

चीन सरकारले अघि बढायो कोरोना विरुद्ध चौथो खोप अभियान

चैत्र २१ २०७७, शनिबार

चीन सरकारले कोरोनाभाइरस विरुद्ध चौथो खोपलाई देशव्यापी अभियानका रुपमा अघि बढाउने निर्णय गरिसकेको छ । हरेक चरणमा विविध भ्यारिएन्टमा देखा परेको कोरोना भाइरसविरुद्ध खोपको पनि नयाँ नयाँ गुणस्तरमा बृद्धि र विकास गर्दै चीन निरन्तर अघि बढिरहेको छ । हाल चौथो खोपलाई अभियानका रुपमा लैजाने निर्देशन दिइसकेको छ ।

आपतकालीन अवस्थामा प्रयोगका लागि भन्दै चिनियाँ रोग नियन्त्रण केन्द्रले यसलाई प्रयोगमा ल्याउन निर्देशन दिएको हो । हाल विश्वमा नयाँनयाँ खोपको आविष्कार भएपनि त्यसलाई विश्व स्वास्थ्य संगठनमार्फत् अनुमति लिएर मात्र प्रयोग गरिनु पर्ने प्रावधान राखिएको छ । तर चीनले आफ्नो बिसाल जनसंख्याको रक्षा र बचाउका लागि घरेलु कानुनको परिधिमा रहेर खोप विकास र प्रयोग गरिरहेको छ ।

विकसित नयाँ भ्यारिएन्टअनुसार नयाँ खोपको विकाससँगै चीनले कोरोनामाथि कब्जा जमाउन सफल भएको छ । यो विश्वमा चीनको आफ्नै श्रेष्ठता पनि हो । युरोप र त्यसमा पनि बेलायतमा कोरोनाको नयाँ भ्यारिएन्ट लहरकै रुपमा विश्वमा फैलदै गर्दा चीनमा चौथो खोप पनि तयार भैसकेको छ । चिनियाँ स्वास्थ्य केन्द्रका प्रमुख गाओ फुको नेतृत्वमा रहेको टोलीले यो खोपलाई अन्तिम रूप दिइसकेको छ । यही खोपलाई गत हप्ता मात्र आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने भनी अनुमति प्रदान गरिएको छ ।

विश्वमा सबैभन्दा पहिले कोरोनाविरुद्ध खोपको आविष्कार गरेर चीनले आफ्नो देशका आमनागरिकको रक्षा गर्न सफल भएको थियो । हालसम्म चीनले चार खोपको विकास गरिसकेको छ । खोपको विकास चीनमा कार्यरत विभिन्न स्वास्थ्य संस्थाले गरिरहेका छन् । त्यसमा अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान रहेका छन् ।

चार खोपको विकास र प्रयोगसम्म आउँदा यसको प्रयोग चीनसहित उज्वेकिस्तान, पाकिस्तान र इन्डोनेसियाआदि देशहरुमा गरिएको चिनियाँ स्वास्थ्य केन्द्रले उल्लेख गरेको छ ।