एमाले नेता घनश्याम भुसालले प्रम ओलीमाथी निकै चर्को व्यङ्ग्य गेरका छन् । भूसालले ओलीतिर कटाक्ष गर्दै पार्टीमा ट्रक चलाउने मान्छे चाहिएको भएपनि ट्याम्पो चलाउने मान्छे हुँदा समस्या भएको बताए ।
उनले प्रधानमन्त्री केपी ओलीमाथि व्यङ्ग्य गर्दै ‘टेम्पो हाँक्ने मान्छेमात्र भएकाले पार्टीमा ट्रक हाँक्न सक्ने नेता चाहिएको बताए । ‘कोही व्यक्ति, सांसद वा प्रतिनिधि कारबाहीमा पर्नु ठूलो होइन । ठूलो कुरा पार्टी दलाल पुँजीवादको चंगुलमा फस्नु हो,’ शनिबार खनाल-नेपाल पक्षीय नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनको तेस्रो महाधिवेशन उद्घाटन गर्दै उनले भने,‘नवौं महाधिवेशनले समाजवादको कार्यदिशा पारित गरेपनि त्यसको विपरीत विचार राख्ने केपी ओलीलाई नेतृत्वमा चुन्यो । अघि एकजना साथीले यहाँ भनेजस्तै चलाउनुपर्ने ट्रक थियो, टेम्पो हाँक्नेले जित्यो ।’
उनले ओली पार्टी विभाजनका लागि उद्धत रहेको आरोप पनि बताए । ओलीकै कारण दलाल पुँजीपतिहरूको चंगुलमा पार्टी फस्न लागेकाले कम्युनिष्ट आन्दोलन रक्षा गर्नका लागि देशव्यापी अभियान थालिएको उनले बताए । राजतन्त्र समाप्तिपछि कम्युनिष्ट पार्टीको एउटा कार्यभार पूरा भएर नयाँ नीति पारित गर्नुपर्ने पैरवी पार्टीमा भइरहँदा ओली परिवर्तनको विरोधीका रुपमा खडा भएको उनले बताए ।