काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण भयावह बन्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आज भारतमा एकै दिन ८१ हजार संक्रमित थपिएका छन् । याेसँगै कुल संक्रमितको संख्या एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ। त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको छ।
भारतमा कोरोनाबाट मृत्युको कुल संख्या एक लाख ६३ हजार ३९६ पुगेको छ। भारतमा अहिले पनि ६ लाख १४ हजार ६९६ जना कोरोनाबाट संक्रमित अवस्थामै रहेका छन्।
भारतकाे उत्तर प्रदेशका ८ कक्षासम्मका सबै विद्यालय ११ अप्रिलसम्मका लागि बन्द गरिएकाे छ ।
यता कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यको धेरै जिल्लाहरुमा रात्रीकालिन कर्फ्यू र आंशिक प्रतिबन्ध लगाइएको छ।