• मंसिर १३ २०८१, बिहीबार

प्रवासीका सारथी बनेका सल्यानका रमेश खड्काको राजनीतिक यात्रा

चैत्र २० २०७७, शुक्रबार

गोवा । सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं २ निवासी रमेश खड्का प्रगतिशील नेपाली समाज भारत गोवा प्रदेश समितिको उपाध्यक्षमा चयन भएका छन् । तीन दशकदेखि निरन्तररुपमा राजनीतिमा सकृयहुँदै आएका खड्का गोवामा नेपालीहरुको संगठन निर्माण गर्ने पहिलो संस्थापक सदस्य पनि हुन् । गोवामा धेरै संघ संस्था र व्यक्तिहरुले उनलाई अभिभावकको रुपमा चिन्ने गर्दछन् ।

राजनीतिक हिसाबले डाक्टर बाबुराम भट्टराईलाई आदर्श व्यक्तिको रुपमा लिने खड्का विगत २०४६ साल यता निरन्तर भट्टराईको विचारमा आवद्धहुँदै आएका छन् । हाल राजपा नेपालको भातृ संगठन प्रगतिशील नेपाली समाज समिति भारतको केन्द्रीय सल्लाहकार र सो संगठनले मार्च २५ को विस्तारित बैठकबाट उनी गोवा प्रदेश कमिटीको उपाध्यक्षको जिम्मेवारीमा छन् । खड्का गोवामा दुःखमा परेका नेपालीलाई अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

१९९४ तिर तत्कालीन माओवादीको प्रवासमा कृयाशील भातृ संगठन अखिल भारत नेपाली एकता समाजबाट संगठनमा आवद्धहुँदै आएका खड्का माओवादी पार्टी छिन्नभिन भएकोमा दुःख व्यक्त गर्छन् । उनी भन्छन्,‘जसले जस्तोसुकै आरोप लगाएपनि अहिलेको परिवर्तन माओवादीले सञ्चालन गरेको जनयुद्धकै जग हो, यदि जनयुद्ध हुँदैनथ्यो भने अहिलेको समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव हुने थिएन ।’

नेतृत्वमा देखिएको वैचारिक स्खलन र अकर्मण्यताका कारण अहिलेको दुर्दशा देख्नुपरेको उनको बुझाई रहेको छ । उनी भन्छन्,‘अझै पनि समय छ हिजोका परिवर्तनकारी शक्तिहरु एकठाउँमा आउने हो भने देशमा धेरै ठूलो परिवर्तन गर्न सकिन्छ’ ।

हिजोका परिवर्तनकारी शक्ति टुटफुट भएका कारण खड्क ओली जस्ता दक्षिणपन्थी शक्तिहरु देशमा हावी भएको उनको बुझाई रहेको छ । यदि देशमा समाजवादी व्यवस्था लागु गर्ने हो भने छिटोभन्दा नयाँ तरिकाबाट जानुपर्ने र त्यसका लागि प्रवासमा आफूहरुले सहयोग गर्ने उनको भनाई रहेको छ ।