• आश्विन १३ २०८१, आईतवार

रिसको परिणाम लज्जा हुन्छ, निकै ख्याल गर्नुस्

चैत्र १९ २०७७, बिहीबार

१. हँसिलो मुद्रामा रहनुस् । प्रशन्न मानिसका सैयौं साथी हुन्छन् । उदास मानिससँग धेरै मानिस रमाउन सक्दैनन् ।
२. कुराकानी गर्दा समस्या नराख्नुस्, समस्याको रामायण पढ्न नथाल्नुस् । यसो गर्दा तपाईसँग मानिस नजिक हुन र कुराकानी गर्न हिच्किचाउँछन् । बाटो काटेर हिँड्छन् ।
३. अरुको निन्दा भन्दा पनि राम्रा  कुराको प्रशंसा गर्नुस् । तर प्रशंसाको नाममा उडाउने काम नगर्नुस् ।
४. अरुलाई बढि बोल्ने मौका दिनुस् । तपाईं कम बोल्नुस् । चाहिने मात्र बोल्नुस् ।
५. साधरण तर सुहाउने कपडा लगाउनुस् ।
६. हाकिम वा अरुसँग भेट्दा हिच्किचाउने नगर्नुस् । नम्र र दृढ भएर कुरा गर्नुस् । सानालाई हेप्ने र अहम्ता प्रकट गर्ने कहिल्यै नगर्नुस् ।
७. बारम्बार क्षमायाचना नगर्नुस् । यो कमजोरी हुन जान्छ ।
८. आरोप मात्र पनि नलगाउनुस् । उसका कुरा पनि सुन्नुस् ।
९. रिसको परिणाम लज्जा हुन्छ । रिसाउन कम गर्नुस् ।  कुरा सबै बुझेर मात्र कुरा काट्नुस् ।
१०. परिवारका कुरा साना बच्चाबच्चीलाई सोधेर मानसिक यातना नदिनुस् । यसले बच्चामा नकारात्मक धारणाको मात्र विकास गर्छ ।
११. साथीलाई नामबाट बोलाउँदा ‘जी’ थपेर बोलाउनुस् र सम्मान प्रकट गर्नुस् । आफूसरहका साथीलाई कहिल्यै पनि नहोच्याउनुस् ।
१२. असल मानिसको मात्र संगत गर्न प्रयास गर्नुस् ।
१३. महिलालाई कहिल्यै पनि छेडकानी नगर्नुस् । महिला देख्दा छेडकानी गर्ने र युवती देख्दा इत्रिने बानी तामसी निम्नकोटीको चरित्र प्रदर्शन हो ।
१३. सत्य कुरा नै भए पनि कम बोल्ने बानी गर्नुस् । असत्य त बोल्न आँट नै नगर्नुस् । किनकि यसले तपाईंलाई नै हानी गर्छ ।
१४. आफूलाई स्फूर्तिलो राख्नुस् । साथीहरुका बीचमा आलस्य नसाट्नुस् । बरु शान्त ठाउँमा गएर क्षणभर भए पनि आराम गर्नुस् ।
१५. होटलमा बसेर छिरफोहर नबोल्नुस् । होटल व्यवसाय तपाईंलाई बाँच्नका लागि सबैभन्दा आवश्यक वस्तु वा खाना दिने ठाउँ हो । पवित्र मनले भोजन गर्नुस् ।
१६. वर्षमा आफ्ना साथीहरुलाई एकपटक र सामान्य भए पनि उपहार दिनुस् ।
१७. स्मरणशक्ति तीक्ष्ण राख्नुस् । बितेका कुराको समीक्षा गर्नुस् । पश्चाताप गरिरहने होइन । बाँकी जीवन सादा र कम गल्ती हुनेगरी बिताउनुस् ।
१८. तपाईं आफू नमाग्नुहोस् । कसैले तपाईंसँग पैसा मागे पनि त्यसको बदलामा ऊबाट अन्य कुराको अपेक्षा नगर्नुस् ।
१९. सधैं शान्त, सौम्य र भद्र रहनुस् । तर त्यसो गरेको स्वाङ भने नपार्नुस् ।
२०. छलकपट, ढोंग र आडम्बरको कहिल्यै सहारा नलिनुस् । यी तीन कुराले तपाईलाई सिध्याएर छाड्छन् ।

(डा. नारायणदत्त श्रीमालीद्वारा लिखित ‘व्यवहारिक सम्मोहन विद्या’बाट ।)