• मंसिर १३ २०८१, बिहीबार

माओवादीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

चैत्र १९ २०७७, बिहीबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । बिहीबार पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा दलहरुसँग भएको वार्तामा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल भए पनि सरकारलाई दिएको समर्थन फिर्ताबारे कुनै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन। प्राविधिक रूपमा हामीले पत्र नलेखेकाे मात्रै हो । अदालतको निर्णयले पार्टी दुईवटा बनाएपछि उहाँहरूले मागेको पनि छैन हामीले दिएका पनि छैनौँ’ उनले भने, ‘सबै राजनीतिक दललाई अन्तिम निर्णय माग गरेका छौँ। उहाँहरुले स्पष्ट रुपमा आफ्नो धारणा राखेपछि निर्णय लिन्छौँ।’