काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । बुधबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९०० रुपैयाँ बढेर तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ११९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।