• असार ४ २०८२, बुधबार

प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश जबराले हेर्ने

चैत्र १९ २०७७, बिहीबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएको पुनरावलोकन निवेदनमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैले हेर्ने भएका छन् ।

एमाले–माओवादी साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निवेदन दायर गरेका छन् ।

उक्त निवेदनमा प्रधान न्यायाधीश जबरासिहत न्यायाधीश तेजबहादुर केसी तथा न्यायाधीश प्रकाश कुमार ढुंगानाको पूर्ण इजलास पेसी तोकिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २३ गते नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिदै केपी ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साबिककै पार्टीमा फर्किन आदेश दिएको थियो ।