• मंसिर १३ २०८१, बिहीबार

करिब डेढ वर्षपछि मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बोलाइयो 

चैत्र १८ २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बिरामी भएयता बालुवाटारबाटै देश चलाउँदै आएका प्रधानमन्त्री ओलीले हालै मर्मत गरिएको सिंहदरबारस्थित भवनमा बैठक बोलाएका हुन् । करिब डेढ वर्षपछि मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्ने भएको हो। बिरामी भएयता मन्त्रिपरिषद् बैठक समेत उनले निवासमै बोलाउने गरेका थिए ।