• मंसिर १३ २०८१, बिहीबार

नेकपा एमालेको रिक्त समानुपातिक सदस्यमा सिराहाकी जानकीदेवी राम निर्वाचित 

चैत्र १८ २०७७, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रतिनिधिसभामा रिक्त समानुपातिक सदस्यमा निर्वाचन आयोगले सिराहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने निर्णय गरेको छ ।

एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सांसद सानु शिवाको निधन भएपछि रिक्त रहेको ठाउँमा रामलाई निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको थियो ।

आयोगको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेका रामको नाम भोलि बिहीबार संघीय संसद सचिवालयमा पठाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

दलित कोटामा बन्दसूचीमा रामभन्दा अगाडि रहनुभएका धनकुमारी सुनारले पार्टी परित्याग गरेपछि सो सूचीमा रामलाई अवसर प्राप्त भएको हो ।