• आश्विन १३ २०८१, आईतवार

छिट्टै निन्द्रा लाग्ने उपायहरू : 

चैत्र १८ २०७७, बुधबार

बढ्दो डिजिटल लाइफ, आरामदायी जीवनशैली र बल पर्ने श्रमको अभावमा आजकल प्रायः मानिसलाई राति अबेरसम्म निन्द्रा लाग्दैन । अधिकाशं मानिस बेलुकी ११ बजेसम्म निदाएका हुँदैनन् ।

मानिस समयमा निदाउन छाडेका छन् । यस्तोमा धेरैलाई राति अबेरसम्म निन्द्रा लाग्दैन ।

प्राय मानिसहरू मदिराले निद्रा पार्छ भन्छन्। तर यो सत्य होइन। मदिरा पिएर लागेको निद्राले स्वास्थ्य र सपनालाई राम्रो गर्दैन।

सुत्नुअघि कोठाको मोबाइल वा टीभी वा कम्प्युटरको स्क्रीनबाट पर रहनु पर्छ । सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ। निद्रा नलागेका कारण घण्टौंसम्म ओछ्यानमा यता र उता पल्टिदा समेत निन्द्रा लाग्दैन भने सहजै निदाउन केही उपायहरु छन् ।

एक्युप्रेसरले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । त्यसैले निदाउन नसके शरीरका विशेष भागमा दबाब दिएमा जो कोहि सहजै शिशु झै निदाउन सक्छन् । यसका लागि शरीरका तीन बिन्दुमा दबाब दिनु पर्ने हुन्छ ।

१. गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भागमा सुत्नुअघि चारदेखि पाँच सेकेन्डसम्म थिच्नुहोस् ।

२. नाडीबाट तीन औंला माथिको दुरीमा रहेको भागमा पाँच मिनेटसम्म दबाब दिएमा निदाउन सहज हुन्छ ।

३. पैइतालाको मध्यभागमा पहिलो पटक ३० सेकेन्ड दबाब दिई पाँच सेकेन्ड छाडेर फेरि ३० सेकेन्डसम्म दबाब दिए निन्द्रा पर्न थाल्दछ ।