• मंसिर ११ २०८१, मंगलवार

ईश्वरवादी सन्त मानिस र ईश्वर बारे यसो भन्छन्

चैत्र १८ २०७७, बुधबार

सन्त आगस्टाईनको जन्म ३५४ ई.मा भएको थियो । उनी उत्तरी अफ्रिकामा हिप्पो चर्चका विशपको एक महान पादरी थिए । आगस्टाईनमा मैनिकेईज्म प्लेटोवाद र ईसाई धर्मको प्रभाव परेको थियो । उनका पिता मूर्तिपूजा र माता ईसाई धर्ममा आस्था राख्थे र सन्त अम्प्रोसबाट इसाई धर्मका दीक्षा प्राप्त गरेका थिए । अगस्ताईनको प्रादुभार्व हुँदा व्रात्यवाद मुर्तिपूजकको समाप्ति र ईसाई धर्मको प्रचार युरोपमा भइरहेको थियो ।

साम्राज्यवादले ईसाई धर्मको बढ्दो लहरलाई अङ्गालेकाले चर्च र राज्यबीच संघर्षको सम्भावना कम भैसकेको थियो । रोमको पतन तत्कालिन ईसाई धर्मको स्थापनाबाट भएको हो भन्ने भनाई चर्चा विरोधिहरुजो थियो । यी विरोधीको भनाई अनुसार पुराना देवता वरुण र वृहस्पति तारा मण्डलको पूजा हुन्जेल रोमको बर्चस्व कायम थियो । तर ईसाई धर्मले रोम र पश्चिम युरोपका साथै सम्पूर्ण विश्वलाई बर्बाद र कष्टप्रद बनाउने छ । ईसाई धर्मले रोम नष्ट बनाउँदै छ । यस्ता विरोधहरु आलोचनाको खण्डन ईसाई धर्मको प्रतिवाद गर्न सफल भएका थिए । ईसाई धर्मको आलोचना खण्डन गर्न उनले १३ वर्ष लगाएर महान ग्रन्थ  civilate dei रचना गरे ।

इतिहासको दर्शन

सन्त आगस्टाईनले मानव इतिहासको दर्शन सम्बन्धमा विचार व्यक्त गरेका छन् । उनी संसारमा जेजसो घट्ने घटना ईश्वरको प्रवल इच्छाबाट हुने विचार व्यक्त गर्दछन् । तसर्थ रोमको पटनमा पनि दैवीय इच्छा दैवीय न्याय ईश्वरको व्यवस्था नियमितता प्राकृतिक सौन्दर्यको नियमन पर्छन् । सांसारीक घटनाको संचालन राष्ट्रको उत्थान पतन यसैमा सम्मिलित छ । मानव इतिहास संयोगमा निर्भर छैन । महान निर्माताको प्रयोजन पूर्तिको लागि हुन्छ । मानव इतिहास असल र खराब शक्तिबीच संघर्षको इतिहास हो । विभिन्न भौतिक साम्राज्यको रुपमा दोषपूर्ण शक्ति चरम विन्दुमा पुग्छ । भौतिक साम्राज्य अस्थायी हुने भएकोले साम्राज्य नष्ट हुनु नै छ । साम्राज्य मानव स्वभावको अकल्याणकारी पक्षमा निर्मित हुन्छ । अकल्याणकारीको कारण संघर्ष तथा विनास हुन्छ । यसलाई नष्ट हुनु नै छ र यसको स्वयममा ईश्वरको साम्राज्य स्थापित हुन्छ जुन स्थायी हुन्छ ।

अगस्टाईन भन्छन् मानव भाग्यवादी हुन्छ मानव स्वतन्त्र छ तर आफ्नो कुकर्मको उत्तरदायी स्वयम् हुन्छ । दुर्गुणमा गुण पनि हुन्छ । यस्तै रोमका नागरिकले व्रात्यवादलाई छाडी ईसाई धर्म अंगाल्ने हो भने रोम पतनबाट जोगाउन सकिन्छ । यहाँ ईशनगर ९अष्तथ या नयम० को स्थापना हुनसक्छ । आगस्टाईनले ईशनगरको चित्र चित्रण गरेका छन् । उनका अनुसार भौतिक राज्यले नष्ट भैरहन्छ तर ईशनगर स्थायी हुन्छ । ईशनगरको आधार ईश प्रेम र भौतिक राज्यको आधार स्वयम्सँगको प्रेम हो । ईशनगरले असल भौतिक राज्यले खराबीलाई समर्थन गर्दछ । ईशनगरको लक्ष्य न्याय हो । यो सार्वादेशिक र सार्वकालिक हुन्छ । जबकि भौतिक राज्यको लक्ष्य शक्ति हो । ईशनगरको ठोस प्रतिक चर्च हो । किनकि ईशनगरको लक्षण सदगुण र कल्याण चर्चमा समाहित हुन्छ । राज्य भनेको चर्चको उद्देश्य पुरा गर्ने एक साधन हो । तसर्थ राज्य र चर्च पृथक र स्वतन्त्र थिए । उपरोक्त दुई नगरमा ईशनगरमा स्वर्ग र भौतिक राज्यमा नर्कमा लैजानेहरु रहन्छन् । मानव र ईश्वरबीच सम्बन्ध कायम गर्ने सेतु राज्य हो ।

यसरी उनले सिसेरोको विश्व मातृत्वको मान्यताबाट प्रेरित भई सार्वादेशिक विचार व्यक्त गरेका हुन् तर ईशनगर सबै मनुष्यको लागि हो तर पापीको लागि होईन तर सिसेरोको विश्व समाजको सबै अधिकारी हुन्छन ईशनगरको सहायता अनुकम्पाबाट नै प्राप्त हुन्छ ।

न्याय र शान्ति

ईशनगरमा शान्ति र न्याय दुई सदगुण प्राप्त हुन्छन् । जमेरोको विचार जस्तै व्यवस्थाको अनुकुल आचरण गर्नु र व्यवस्था अनुरुपको कर्तव्य पालन गर्नु नै न्याय प्राप्त हुन सक्छ । समाजको विभिन्न ईकाइलाई व्यवस्थाद्वारा परस्पर एक सुत्रमा बाँधिएको हुन्छ । राज्यको यहि व्यवस्था अनुसार व्यक्ति वा वर्गद्वारा आचरण गरिन्छ भने त्यो न्याय हो । यहि आचरणबाट शान्ति सुव्यवस्था कायम हुन सक्छ । ताकि संघर्षको अनुपस्थिति नै शान्ति होइन । आगस्टाईनका अनुसार ईश्वरको प्राप्ति वा ईश्वरमा लिन हुन् एक अर्कालाई सहयोग गर्नु नै शान्ति हो । भौतिक राज्यद्वारा स्थापित शान्ति नकारात्मक शान्ति हो ब्रा यो पूर्ण शान्ति होईन । किनकि यस्तो शान्ति कानुनि सम्बन्धमा आधारित हुन्छ जो परिवर्तनशिल हुन्छ पूर्ण शान्ति त्यसलाई मात्र प्राप्त हुन्छ जो ईश्वरमय हुन्छ ईश्वरप्रति प्रेममा आधारित शान्ति नै वास्तविक शान्ति हो ।

ईश्वरीय नगर विश्वराज्य

युनानी दार्शनिकहरु राज्यको आधार न्याय हो भन्ने विचारबाट सहमत थिएनन् । न्याय मात्र ईसाई राज्यमा प्राप्त हुनसक्छ तसर्थ न्याय राज्यको होइन । चर्चको लक्षण हो चर्चको अधिकार अन्तर्गत राज्य रहन्छ । समूहमा बस्ने प्रवृति र पापको कारण नै राज्यको उत्पति भएको हो । यस्ता पाप दैवीय उपचारबाट समाप्त पार्न सकिन्छ । राज्यको स्थापना पाप गर्नको लागि भएको हो । ब्रम्हा कहाँ असुरबाट पीडित मानवहरु सुरक्षाको लागि गुहार लिन गएको र मनुलाई राजा बनाई असुरबाट सुरक्षा प्रदान गर्न पठाइएको थियो । यसरी असुरको पापको उपचार भयो । राज्यको स्थापना स्वयम् ईश्वरबाट भएको हो । यद्धपी राज्यको स्थापना दैवीय हो तर पनि राज्य हैवान जगतको प्रतिक हो र ईशनगर ईसामसिहको जगत हो ।

राज्यलाई आवश्यक खराबी मानेको छैन । राज्यले अधिकार दिन्छ । र फिर्ता लिन सक्छ । राज्यादेश दैवीय आदेश हुने हुँदा सामान्यतया सबैले पालन गर्नुपर्छ तर यहि राज्यको देश धर्म वा नैतिकताको उल्लङ्घन गर्छ भने त्यस्तोको आदेश पालन गर्नु पर्दैन । आगस्टाईनले राज्य उपेक्षा चर्चलाई अधिकार समपन्न बनाई राज्य र चर्चको भौतिक तथा धार्मिक कार्यक्षेत्र वा अधिकार क्षेत्रबीच स्पष्ट अन्तर निर्धारित गरेका छन् । दुवैलाई एक अर्काको सहयोगको आवश्यकता पर्ने हुँदा दुवैबीच समबन्ध कायम हुनुपर्छ । ईसाई सम्राटलाई चर्चको मार्गदर्शनको र चर्चलाई विधिको जरुरी पर्ने भएकोले एक आपसमा सम्बन्ध बनाउनुपर्छ भनेका छन् ।