काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकार पुनः पुस ५ कै बाटोमा हिँड्न लागेको आरोप लगाएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक गुरुङले संसद पुनर्स्थापना भइसकेपछि पनि सरकारले त्यसलाई अंगिकार गर्न नसकेको आरोप लगाए ।
‘सरकारको मनस्थिती चाँही पुस ५ गतेकै अवस्थामा रहेको छ । फागुन ११ गते सर्वोच्च अदालतले फैसला गरेको छ । त्यो फैसलाको मान्यतालाई अझैपनि अंगिकार गरिराखेको छैन ।’ उनले भने- ‘सरकार पुस ५ गतेकै मनस्थितिमा भएका कारण पुनः संसद भंग गर्ने । फेरिपनि मध्यावधीको अवधिलाई अगाडी बढाउने यो दिशातर्फ उद्धत रहेको देखिन्छ । त्यसकारणले यो संविधान विफल तुल्याउन तर्फ सरकार जान लागेको छ ।’
त्यस्तै संविधानले ५ वर्षको लागि सरकार चलाउने म्यान्डेट दिएको तर सरकारले त्यसको अगावै संसद भंग गरेको बताउँदै ताजा जनादेशमा जाने भनिएपनि त्यसो नहुने उनको भनाइ थियो ।