• मंसिर १२ २०८१, बुधबार

पुनर्बीमा इन्स्योरेन्समा ४ कम्पनीको निवेदन

चैत्र १७ २०७७, मंगलवार

काठमाडौं । पुनर्बीमा कम्पनी दर्ता गर्न चारवटा समूहले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् । निवेदन पेश गर्ने कम्पनीमा काठमाडौं रिइन्स्योरेन्स,प्रुडेन्सियल, अन्नपूर्ण र जेन्युन रिइन्स्योरेन्स नामका पुनर्बीमा कम्पनी रहेका छन् ।
ति कम्पनीहरुले सञ्चालनको अनुमति माग्दै बीमा समितिमा निवेदन पेश गरेका हुन् । कोभिड बीमा गरेर चर्चा कमाएका बैंक तथा बीमा क्षेत्रका विभिन्न विज्ञ समूह तथा औद्योगिक घराना रि इन्स्योरेन्स कम्पनी दर्ता गर्न लागिपरेका हुन् ।

तर, बीमा समितिमा निवेदन पुगेपनि समितिले आधिकारिक रुपमा यस सम्बन्धी जानकारी दिएको छैन । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समेत नयाँ पुनर्बीमा कम्पनी आउने हल्ला सुनेको तर आधिकारिक रुपमा भने अहिलेसम्म बीमा समितिमा कोहि पनि नआएको बताएका छन् । पुनर्बीमा सम्बन्धी अध्ययन गर्न गठन भएको अध्ययन समितिले समितिको प्रतिवेदन सञ्चालक समितिको बोर्डलाई बुझाएको छ । बोर्ड बैठक बसेपछि अध्ययन समितिले बुझाएको प्रतिवेदनको बारेमा थाहा हुने समितिले जनाएको छ ।

हालसम्म बीमा समितिमा ४ कम्पनीले दर्ता प्रक्रिया अघि बढाएका हुन् । काठमाडौं रि मा पूर्व बैंक तथा कर्मचारीको लगानी रहेको छ । जसको नेतृत्व बीमा समितिका पूर्व अध्यक्ष तथा नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका देवेन्द्रप्रताव शाहले गरेका छन । प्रडुन्सियलमा आईएमई ग्रुप, विशाल ग्रुप र त्रिवेणी ग्रपको लगानी रहेको छ ।
जेयुयनमा ५ सयभन्दा बढी सहकारी र वाणिज्य बैंकको लगानी रहेको छ । उक्त इन्स्योरेन्समा राजनीतिज्ञहरु रहेको पनि अपेक्षा गरिएको छ । त्यस्तै अन्नपूणको नेतृत्व गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोले गर्दै आएका छन् । अन्नपूर्णमा पनि वाणिज्य बैंकहरूले संस्थापक लगानीकर्ताको रुपमा लगानी गरेका छन् ।

बीमा समितिका दर्ता प्रक्रिया अघि बढाएका रि–इन्स्योरेन्स कम्पनीमध्ये ३ वटाको चुक्ता पूँजी १० अर्ब रुपैयाँ हुनेछ भने एउटाको १५ अर्ब रुपैयाँ रहेको छ । नयाँ दर्ता प्रक्रिया अघि बढाएका ४ वटै कम्पनीको कागजी प्रक्रियाको काम अन्तिम चरणमा पुगेको छ ।
यी चारवटै कम्पनीले रि–इन्स्योरेन्स व्यवसाय गर्न अनुमति पाएमा नेपालमा पुनर्बीमा कम्पनीको संख्या ५ पुग्नेछ ।