काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा भएको रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।
सरकार बनाउने वित्तिकै यो किन गरिएन त्यो किन गरिएन भनेर धूम मच्च्याइयो,’ उनले भने, ‘ कसैलाई आपत्ति लाग्ला । साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’