• मंसिर ११ २०८१, मंगलवार

बङ्गलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय फुटबल कपको उपाधि 

चैत्र १६ २०७७, सोमबार

काठमाडौं । त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराएको हो ।

खेलको १८ औँ मिनेटमा नेपालका लागि लागि सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे । पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाएको थियो । दोस्रो हाफपछि खेलको ८३ औँ मिनेटमा बंगलादेशले गोल फर्कायो।