• मंसिर १४ २०८१, शुक्रबार

झा दम्पति हत्याकाण्डः बाकसमा हालेर शव जलाउन खोज्दा प्रहरीले पत्ता लगायो

चैत्र १६ २०७७, सोमबार

काठमाडौं । झा दम्पतिको मृत्युको कारण खुलेको छ । मुसाफिर दम्पतीको शव बिहीबार बोराभित्र हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देवी अलग–अलगत कोठामा आराम गर्दै थिए ।

उनका बुहारी अंशु र उषा पनि छोराछोरी लिएर आफ्नो कोठामा गइन् । त्यहीबेला अपराधी गिरोहले ओछ्यानमै वृद्ध झा दम्पतीको धारिलो हतियारले हत्या गरे । ओछ्यानसहित झा दम्पतीको शव बाकसमा लुकाएर बेपत्ता पारे । टिनको बाकसभित्र दाउरामा मट्टितेल हालेर जलाए तर, शव जलेन ।

त्यसपछि बोरामा हालेर गाउँ नजिकै खाल्टो खेर शव पुरियो । शव कुहाउन नुन हाले । मुसाफिर दम्पतीको घटना लुकाउन अपराधीले महिना दिनसम्म प्रयास गरे । तर, उनीहरुको पोल प्रहरी खोल्न सफल भएको छ । कैलाशको घर पछाडि मृतक झा दम्पतीको घरबाट हराएको कपडा र बेड आधा जलेको अवस्थामा फेला परेको छ ।

हत्या गरेर केही समय टिनको बाकसमा शव राखेर लुकाइएको थियो । पछि शवलाई जलाउन खोजेको देखिन्छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।