• असार ४ २०८२, बुधबार

नेपाली सेनाका लागि भारतद्वारा १ लाख डोज कोरोनाविरुद्धको खोप सहयोग

चैत्र १५ २०७७, आईतवार

काठमाडौं । भारतले नेपाली सेनालाई १ लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।

भारतले यसअघि १० लाख डोज खोप नेपाललाई अनुदान दिएको थियो । भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई उपहारस्वरुप सो परिमाणको भ्याक्सिन आइतबार उपलब्ध गराइएको भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आजै सो परिमाणको भ्याक्सिन नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप सहयोग गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले उक्त खोप सेनाका लागि प्रयोग गरिने बताए ।