अमेरिकी अनुसन्धान संस्था नासाले आफ्नो इन्स्टाग्राममा ब्रह्माण्डमा अहिलेसम्म देखिएको पाँचौं सबैभन्दा चम्किलो ग्यालेक्सीको तस्वीर सेयर गरेको छ । नासाका अनुसार ग्यालेक्सीको बीचमा धूलोको अपार भण्डार रहेको छ । यसबाहेक यसको केन्द्रमा रहेको एउटा महाविशालकाय ब्ल्याक होलबाट जेट पनि निस्किरहेको छ ।
सेन्टारस ए वा सेन ए वा एनजिसी ५१२८ नामले चिनिने यो ग्यालेक्सी पृथ्वीबाट १.२ करोड प्रकाश वर्ष टाढा अवस्थित छ । यसलाई पृथ्वीबाट सबैभन्दा नजिकको रेडियो ग्यालेक्सी मानिन्छ । यसबाट आउने प्रकाशको हरेक वेबलेन्थले केही बेग्लै बताइरहेको हुन्छ । यो पृथ्वीको दक्षिणी गोलाद्र्र्धबाट सबैभन्दा स्पष्ट देखिन्छ ।
सेन्टारस ए ग्यालेक्सीको तस्वीरमा कालो धुलोले भरिएको लामो श्रृङ्खलामा केही निलो युवा तारा पनि देखिएका छन् । जो एकआपसमा एकले अर्कोलाई बीचबाट काटिरहेको जस्तो देखिन्छ । पहिलो तस्वीर ग्यालेक्सीको एक चौथाइ हिस्साको हो जो व्यवसायिक तथा शौखिन खगोलविदको संयुक्त प्रयासको उपलब्धि हो । यसमा गैरव्यवसायिक टेलिस्कोपबाट प्राप्त अप्टिकल आँकडासमेत सामेल गरिएका छन् ।
तस्वीर बनाउनमा नासाको पुराना अभियानको आँकडालाई पनि सामेल गरिएको छ । नासाका अनुसार हन्ट्सविलेमा रहेको उसको मार्शल स्पेश फ्लाइट सेन्टरले साइन्स मिशन डाइरेक्टको चन्द्रा कार्यक्रम नियन्त्रित गर्छ । यसैगरी क्याम्ब्रिजको स्मिथसन एस्ट्रोफिजिकल आर्वजेटरीले चन्द्रा कार्यक्रमको साइन्स तथा फ्लाइट अपरेशन्स नियन्त्रण गर्ने गर्छ ।