नेपालको धेरै जस्तो योजना र विकास रणनीतिमा कृषि क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भको रूपमा लिने गरिएको छ । नेपालको आर्थिक उन्नतिका लागि विद्यमान प्रशस्त सम्भावनाहरूमध्ये सबैभन्दा महत्वपूर्ण र सशक्त सम्भावना भएको क्षेत्र कृषि पनि उपेक्षित र अपहेलित पेशाको रूपमा रहेको छ । कृषिको व्यवसायीकरण र व्यापारीकरण भनेको नै कृषिलाई मर्यादित, उन्नतशील र आधुनिक पेशामा रूपान्तरण गर्नु हो । तर कृषिलाई उद्यम र कृषकलाई उद्यमी बनाउनु जरुरी छ । संसारमा कृषि क्रान्तिको इतिहासलाई राम्ररी केलाएर हेर्ने हो भने हरित क्रान्ति नभई कृषिमा सुधार भएका देखिँदैन । हरित क्रान्तिपछि जैविक क्रान्ति हुने गर्छ । हरित क्रान्तिका लागि कृषिमा सुधार गर्ने लक्ष्यका साथ सरकारले कृषि उत्पादनका लागि अति आवश्यक कृषि औजारमा केहि छुट दिएको अवस्था रहेता पनि सबै औजार र अरु सामग्री समय सुहाउँदो हिसाबले भित्रिएको अवस्था भने छैन ।
मेरो भनाइ के हो भने यदि हामीले कुनै पनि पत्रिका, टेलिभिजनमा मजदुर, कृषि र रोजगार बिट हेर्ने संवाददाता राख्दैनौँ भने हामीले देशको कुल जनसङ्ख्याको ७५ प्रतिशतको समाचार नै बनाइ रहेका छैनौँ भन्ने बुझ्दा हुन्छ । हामीले मजदुर, कृषि र रोजगार बिटमा संवाददाता नराख्नुको अर्थ हो हामी कृषिका बारेमा प्रचार गर्न चाहिरहेका छैनौं । त्यसैले हामीले उनीहरूको समाचार बनाउँदैनौँ । यस्ता पत्रपत्रिका, टेलिभिजन पनि हुने गर्दछन् । कृषक खेतमा काम गरेर आफ्नो जीविका चलाउने एक व्यक्ति हो र ऊसित धेरै जनसंख्या आश्रित बनेको हुन्छ । यिनीहरूलाई किसान, खेतीवाल, कृषिजीवीको नामले समेत चिन्ने गरिन्छ । यिनीहरूले बाँकी सबै मानिसहरूका लागि खाद्य सामग्रीको उत्पादन गर्ने गर्छन् ।
यसमा बालिनाली उब्जाउने, बगैचामा रुख लगाउने वा घरपालुवा पशुहरूको हेरचाह गरेर तीनलाई बढाउने काम सामेल छ । कुनै एक व्यक्ति कृषक वा खेतको मालिक हुन सक्छ वा त्यो कृषि भूमिको मालिकद्वारा काम गर्न राखिएको मजदुर हुन सक्छ । राम्रो अर्थ व्यवस्था भएको स्थानहरूमा कृषक स्वयम् नै खेतको मालिक हुन्छन् र त्यहाँ काम गर्ने उसको कर्मचारी वा मजदुर हुने गर्छन् । यद्यपि प्राचीन समयमा कृषकले विशेष गरि खेतमा अन्नबाली उब्जाउने देखि लिएर घरपालुवा जनावरहरू पालन पोषण गरेर तीनलाई बढाउने काम गर्थे । तर हाम्रो देशमा १ रोपनीमा खेती गर्ने पनि किसान, जग्गाहुँदा र खेती नगर्ने पनि किसान, दिनभरी खेतमा काम गर्ने पनि किसान र खेती बाझो रखेर राजनीति गर्दै हिंड्ने नि किसानरु अनुदान पाउने बेला चाँही कृषिको केही काम नगर्नेले किन अनुदान र ऋण लग्नको लागि किसान । नेपालको सन्दर्भमा धेरै कृषकहरू अझै पनि जोत्नका लागि गोरू वा राँगाको प्रयोग गर्छन् ।
नेपाली किसानहरु आज पनि गोबर मलको प्रयोग गर्ने, पुरानो बिउबिजन रोप्ने तथा स्थानीय श्रमिकहरूको प्रयोग गर्ने जस्ता परम्परागत खेती प्रणालीको प्रयोग गर्दछन् । कृषिका आधुनिक उपकरणहरूको प्रयोग नगरिने हुँदा वा कम मात्रै गरिने हुँदा लगभग ५० प्रतिशत जमिन बाँझै रहन्छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक र सामूहिक नबनाएसम्म किसानको जीवनस्तर सुध्रन सक्दैन । नेपालमा कृषि क्रान्ति गर्ने हो भने अब कृषिमा आधारित साना तथा मझौला उद्योगको विकास गरी गरिबी न्यूनीकरण गर्ने खालको आर्थिक क्रान्ति र आन्दोलन गर्न जरुरी छ । मुलुकको दिगो आर्थिक विकासका लागि अधिकांश जनताले अपनाउँदै आएको कृषि क्षेत्रको वैज्ञानिक र आधुनिकरूपमा विकास गर्नै पर्दछ । यसका लागि सशक्तरूपमा कृषिको व्यवसायिकरण र व्यापारीकरण गर्नैपर्ने हुन्छ र त्यो कार्य चरणबद्धरूपमा हुनुपर्दछ । करिब ९० प्रतिशत किसान ग्रामिण भेगमा मा बसोबास गर्छन् ।
न प्रविधिको पहुँच पुगेको छ न स्रोत र साधन को । बिना प्रविधि, विधि र अभावले आधुनिक कृषिको विकास प्राय शुन्य नै हुनेगर्छ । परम्परागत कृषिले चलेको हाम्रो कृषिलाई केहि हदमा आधुनिक, व्यवसायिक र बजारीकरणको उचित व्यवस्थापन हुनुपर्छ । किसानको उत्पादित वस्तुले पनि राम्रो मूल्य पाउँदैन किन भने छिमेकी देश भारतमा विषादी प्रयोग गर्दा राम्रो हुने मूल्य पनि नेपालमा उत्पादन भएको भन्दा सस्तो हुने जस्ता कुराले गर्दा किसान पिरमर्कामा छन् । नेपालमा कृषिको बारेमा राम्रो नीति भए पनि कार्यान्वयन र अनुगमन पाटो भने कसरी कताबाट कमिसन आउँछ त्यतै लाग्ने खालको छ । यहि कारणले भारतबाट नेपाल ल्याएका वस्तुहरु महंगोमा भित्रिएका हुन् ।
नेपालमा पहिलो कुरा भारतबाट राम्रो जातको बीउ बिजन नै आउँदैन अनि नेपालको माटोमा कसरी राम्रो उत्पादन हवस् । उन्नत जातको बीउ हो भने किसानबाट १० ग्रामको १२००-२५०० लिइन्छ र किसानलाई बेकारमा मार परेको छ । कतिपय बीऊ त झन न राम्रो उत्पादन हुन्छ न सस्तो नै छ । कतिपय त झन केही उत्पादन नै हुँदैन यसको जिम्मा कसले लिने हो । पहिलो कुरा नेपालमा उत्पादन बढाउनु छ भने भारतबाट आयात हुने सबै कुरा विस्तारै रोकेर नेपाली किसानलाई उत्पादनतिर लगाउन सकियो भने देश त्यसैपनि विकास र आर्थिक क्रान्तितिर चाँडै जान्छ । यदि त्यसो पनि गर्न सकिँदैन भने किसानको उत्पादित वस्तु सरकारले उचित मूल्य राखेर सरकारले किन्ने उचित व्यवस्था हुन जरुरी छ ।