• मंसिर १३ २०८१, बिहीबार

एमाले संसदीय दलको बैठकमा खनाल सहभागी, नेपाल र रावल अनुपस्थित

चैत्र १३ २०७७, शुक्रबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बालुवाटार पुगेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन झलनाथ खनालको नेतृत्वमा उनीहरु बालुवाटार पुगेका हुन् । बैठकमा माधवकुमार नेपाल र भीम रावल भने  गएका छैनन् ।

यसअघि आज आजै भएको नेपाल समूहको बैठकले ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको थियो ।