• मंसिर १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा नेपाल समूह सहभागी हुने

चैत्र १३ २०७७, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुने भएको छ ।

यसअघि बसेको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा आफू पक्षीय सांसदहरु जाने निर्णय गरेको थियो  । सो निर्णय आनुसार संसदीय दलको बैठकमा नेपाल पक्षीय सांसदहरु सहभागी हुने भएका हुन् ।

प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा  ओलीले आज तीन बजेका लागि संसदीय दलको बैठक बोलाएका थिए ।

नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा ओलीले बोलाएको बैठकमा जाने वा नजाने विषयमा छलफल भएको थियो । यसअघि गत चैत ७ गते बसेको एमाले संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु गएका थिएनन् ।