• मंसिर १३ २०८१, बिहीबार

रेशम चौधरीको रिहाइ सत्ता स्वार्थका लागि मोलतोलको साधन नबनोस् : भट्टराई

चैत्र १३ २०७७, शुक्रबार

काठमाडौँ , पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायतको रिहाइ नि:शर्त हुनुपर्ने बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्‍जाल ट्‌वीटरमा ट्‌वीट गर्दै रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त हुनुपर्ने बताएका हुन् ।

भट्टराईले उनीहरूको रिहाइ क्षणिक सत्ता स्वार्थका निम्ति मोलतोलको साधन बन्‍न नहुने उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त गर ! थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुने गरी संविधान संशोधन गर ! यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ! यो क्षणिक सत्तास्वार्थ निम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !’