• मंसिर १० २०८१, सोमबार

बाइडेनले लगाए सी र पुटिनलाई हालसम्मकै निकृष्ट आरोप

चैत्र १३ २०७७, शुक्रबार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रूसका राष्ट्रपतिका बारेमा जगबको टिप्पणी गरेका छन् । उनले ती २ नेतालाई तानाशाही सोच भएको आरोप लगाएका छन् । गत जनवरी २० मा राष्ट्रपति बनेपछि पहिलो पटक बिहीबार पत्रकार सम्मेलन गर्दै बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी समकक्षी भ्लादमिर पुटिन उस्ताउस्तै भएको बताएका छन् ।

‘सी चिनफिङ पनि पुटिनजस्तै भविष्यमा तानाशाहको लहर चल्छ किनकी यति जटिल प्रणालीमा प्रजातन्त्रले काम गर्दैन भन्ने सोच राख्ने व्यक्ति हुन्,’ बाइडेनले भने,‘उनको शरिरमा प्रजातन्त्रको एउटा सानो हाड पनि छैन तर उनी निकै स्मार्ट छन् ।’

बाइडेनले अमेरिकाले चीनसँगको व्यापार, हङ्कङको प्रजातन्त्र र सिन्जियाङका उइघुर मुस्लिमप्रति बेइजिङको व्यवहारबारे तिक्ततापूर्ण सम्बन्ध बनाउन नचाहेको पनि बाइडेनले बताए । उनले आफूले चिनियाँ नेतालाई अन्तर्राष्ट्रिय नियमअनुसार न्यायपूर्ण प्रतिष्पर्धा, अभ्यास र व्यापारका लागि काम गर्न भन्ने बताए ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरूद्ध आक्रामक रणनीति लिएका थिए । सन् २०१८ मा उनले थालेको व्यापार युद्ध अहिले पनि जारी छ । बाइडेन ह्वाइट हाउसमा आएपछि पहिलो पटक केही दिनअघि चीन र अमेरिकाका अधिकारीहरूबीच अलास्कामा वार्ता भएको थियो । वर्षौंदेखि सम्बन्ध बिग्रिएका यी दुई मुलुकबीच उक्त वार्ताले महत्वपूर्ण सहमति भएन ।