काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले धर्नामा बसेका थारु अगुवालाई समर्थन गर्दै गृहमन्त्री बादल सडकमा उत्रिएका छन् ।
निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्ने लगायतका माग राख्दै काठमाडौँको माइतीघरमा धर्नामा बसेका थारु अगुवालाई भेट्न पुगेका गृहमन्त्री थापाले कैलालीको टिकापुर घटनाको समाधान निकाल्न सरकार सकारात्मक भएको जनाउदै सडकमा समर्थन जनाएका हुन् ।
गृहमन्त्री थापाले सरकारले छिटै वार्ता टोली गठन गर्ने भन्दै छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरे । उनले सबै समस्याको हल छलफल र वार्ताबाटै छिटो गरिने जानकारी दिए ।
टिकापुर घटनामा मृत्यु भएकालाई शहीद घोषणा गर्नुपर्ने, न्यायिक छानविन हुनुपर्ने, पिछडा वर्गलाई उचित आरक्षणको व्यवस्था हुनुपर्ने जस्ता माग राखिएको थियो ।