काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको नयाँ प्रगति जनतासामु ल्याएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले पशुजन्य पदार्थमा आत्मनिर्भर भएको घोषणा कार्यक्रममा बोल्दै पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताएका हुन् ।
कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको दाबी गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देश एक कदम अघि बढेको छ । सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ, यो राष्ट्रिय सफलता हो ।’
कृषि क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न उत्पादन विविधता र बजारीकरण सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले ओलीले बताए । नेपालीको सौखिन खाने शैलीले गर्दा प्रशस्त उत्पादन हुँदा पनि कृषिजन्य आयात नघटेको उनको भनाइ छ ।