• असार ४ २०८२, बुधबार

प्रधानमन्त्रीको फोटो नखिच्न सूचना जारी

चैत्र १२ २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी ओली सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीपकुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराए ।

प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोबाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए । बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रम अझै सुरू भएको छैन ।