काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा रहेको बताएका छन् ।
बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताउदै जनताको अधिकारमाथि हस्तक्षेप गर्ने काम भइरहेको बताए ।
‘तिमीहरुको निर्णय हामी गरिदिन्छौं, तिमीहरुलाई आदेशपालक बनाउन पो खोजिएको हो कि जस्तो लाग्छ,’ उनले भने, ‘खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ ।’
उनले नेपालीहरु सरकारी पक्षबाटै हेपिन थालेको बताए ।