रोल्पा जिल्ला परिवर्तन गाउँपालिकाको आ.व.२०७७ २०७८ को हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट २ नम्बर वडा राङ्सी बाहेक १/३/४/५/६ वडाकालागि शंसोधन सहितको बजेट पास भएको छ ।
चालू तर्फ २६ लाख र पूँजिगत तर्फ ३६ लाख ४६ हजार बराबरको कार्यक्रम शंसोधन सहित पास गरेको झन्कार बुढामगरले जानकारी दिएका छन् ।
प्रशासकीय अधिकृत दिल्लीराज खड्काको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष हितकुमारी बुढाले स्वागत मन्तव्य राखिन् । कार्यक्रममा गापा अध्यक्षले चालु आ.वको शंसोधन प्रस्ताव पेस गरेका थिए । कार्यक्रममा ६ वटा विषयगत समितिका संयोजकले गाउँपालिकाको हालसम्मको प्रगति विवरण पनि पेस गरेका थिए ।