राजनीतिकर्मीहरुको केवल कुर्सी मोहले देशलाई दुखेको छ । महँगीको मारले सबै आक्रान्त छन् । पेट्रोलियम पदार्थको सरकारी भाउ वृद्धिले बजार धानी नसक्नु भएको छ । यातायात व्यवसायीले चर्को भाडा लिँदै गर्दा फेरि भाडा बढाइएन भने यातायात नै ठप्प पार्ने चेतावनी दिइसकेका छन् । यातायातको सिण्डिीकेट कायमै छ र रु १३ तोएिकोमा रु १५ लिने, रु १८ तोकिएकोमा रु २० लिने त परम्परा नै भयो । विमास कागजमा हुन्छ, भोट नोटमा हुन्छ, विकास र समृद्धिको नारा चनावी मात्रै भएको छ । विकास खर्च भनौँ पूँजीगत खर्च एक चौथाई पनि भएको छैन । मनसूनमा एक चौथाई पानी पर्नाले काठमाडौँबासीको ओठमुख सुकेको छ ।
रित्ता भाँडा लिएर पानी ट्याङ्की धाउनु परेको छ । मेलम्चीले राजनीति गरेको छ । जमिनको पानीको सुविधा सबैतिर छैन र भएको स्थानमा पनि पिउन योग्य छैन । सिमा विवाद ओझेलमा परेको छ । कुर्सी मोहले सत्ताको रडाको टुँगिएको छैन र नयाँ नयाँ शैलिका मागहरु थपिएका छन् । देशमा उब्जाउ छैन, विदेशी सामानले व्यापारघाटा चुलिएको छ । एक हजारको नोट, सय बराबरको क्षमता नराख्ने भएको छ । पैसाको कुनै मूल्य छैन । विप्रेषण घटेको छैन, देशमा रोजगारी छैन । वार्षिक ७ हजार नेपाली कोरिया जाने गर्थे, अहिले ठप्प प्राय छ । कोरियाले वार्षिक २५ लाख विश्वका मानिसलाई रोजगारी दिन्थ्यो, अहिले कोभिडका कारण सबैतिर चकमन्नको अबस्था छ । नेपालीहरु त्यहाँ ५० हजार बढी छन् ।
खाडीलगायत अन्य देशमा श्रम गर्नेहरुको नेपाली भीड ठूलो छ । देशमा जनताको पिडा बुभ्mने अभिभावकको अभाव भएको छ । दलहरुको हानाथापले सरकारी संयन्त्र शिथिल छ । न बजार अनुगमन हुन सकेको छ, न स्वास्थ्य, शिक्षा जस्ता न्यूनतम सुबिधा सरकारले दिन सकेको छ । चर्को मूल्य नबुझाएसम्म अस्पतालले मरेको लास पनि नदिने भएको छ । हाम्रो शिक्षा केवल औपचारिक प्रमाणपत्रको भयो, सिप र दक्षताका लागि भएन, रोजगरमूलक देखिएन । उत्पादन र सेवामा संलग्न गराउनै सकिएन ।
देशले एक सरकार पाल्न नसक्ने अवस्थामा ७६१ वटा सरकारहरु छन्, तिनको सुविधा धान्न नसक्ने भइसकेको छ ।
यति सानो र कोमल भूमिमा संघीयताको औचित्य पुष्टि हुन सकेको छैन । २ घण्टाको गाडी बाटोमा हेलिकप्टर प्रयोग भइ रहेको छ । महँगा कार्पेट, महँगै सवारी साधन त्यो पनि एक थान होइन, अनगिन्ती, हुक्के, बैठकेहरुले समेत सवारी साधनको प्रयोग गरिराखेका छन् । आएको रेलले घुम्टोे ओढेर बसेको छ । समुन्द्रको नाका नभएको देशमा पानी जहाजको सपना, टेम्पो, मिनिबसको राम्रो व्यवस्थापन गर्न नसकिएको अवस्थामा मेट्रो, मोनो रेलको सपना देखाइयो । जादुको छडीले घर घरमा ग्याँसको पाइप लाइन पुग्ने होइन ।
बेमौसमी चुनावी नारापछि संसदले विजनेस पाउन सकेको छैन । कोभिडको बहानामा सबैको रोजी रोटी गुमेको छ । कोभिडको दोस्रो लहरले सबैलाई निद्रा हराम बनाएको छ । सक्नेले खाने, नसक्नेले हेरिरहने स्थितिको सिर्जना भएको छ देशमा । खाद्यान्न, तरकारी, दाल, गेडागुडी, साग, सब्जी, फलफूल छुन पनि नसक्ने अवस्था भएको छ । सबैलाई काठमाडौंमै आउनु पर्ने, घरै बनाउनु पर्ने हो भने संघीयताको अर्थ के रह्यो ।
कुर्सी मोहले गर्दा जनताको समस्या अवगतै हुन सकेन, जतिबेला पनि राजनीतिको मात्रै चर्चा हुने, उद्योग, कलकारखाना, उत्पादन, वितरणको बहस नै नहुने भए पछि नेतृत्वको भूमिका के रह्यो, ३ सय वर्ष अघिको पृथ्वीनारायणको भनाइ जनता मोटा भए दरबार बलियो हुन्छ भनेको केही अर्थ भएन अहिले । नेताका दरबार बलियो हुने तर भएर मात्रै जनता भोकै पिल्सिने अवस्था हुँदा असह्य भएको छ । सडकमा दलहरु पछारिन्छन्, रिस पोख्छन्, आफूले दिएको विश्वास फिर्ता लिँदैनन् । एउटाले अर्कोलाई खुइल्याउँदै समय खर्चिएको अवस्था छ । गरिवको थाप्लोको भरेङ चढेर लिस्नो पुगेकाहरु तलतिर नहेर्ने भएका छन्, देश ऋणको भारमा छ । विदेशीले नपठाए दाल, नून मात्रै होइन मल, वीउ, खोप केही नपाइने अवस्था भएको छ । सरकार विकासको नारा दिन्छ, विकास बजेट र बेरुजुको अंक हेर्न भ्याउँदैन ।
बजेट ताना तान गर्ने पुरानो शैलि कम भएको छैन । देशमा व्यवस्था बदलियो, अवस्था उही छ, संयन्त्र परिवर्तन हुँदैमा समृद्धि आउने सपना बेकार भयो । अहिले पनि अपराधी छुटाए सरकारमा आउने निम्तो स्वीकार्ने भनिएको अवस्था छ । दैवी र अप्राकृतिक घटनाबाट नेपालीहरुको ज्यान जाने, अंगभंग हुने, विपत्तीका घटनाले धेरै धन जनको क्षति हुने गरेको छ । समयमा उद्धार हुन सकेको छैन । गाउँ बस्ती खालि छ, कृषि बालीको मोह कसैलाई छैन । सबैलाई सहर मोहले सताएको छ । गाउँ बस्तीमै सहरको सुविधा हुने हो भने महँगीको चपेटामा सहर पस्ने रहर हुन्नथ्यो होला । पशु चौपायाहरुको कमीले दूध, मासु, अण्डा लगायत प्राङ्गारिक मलको अभाव भएको छ ।
सहरमा बसोबास गर्नेहरु शारीरिक श्रमको अभावमा रोगी बढेका छन्, फहोर बढेको छ, आपूर्ति प्रणलीमा गम्भीर असर परेको छ ।
विचौलियाहरुको जगजगी सबै क्षेत्रमा छ । भूमिको हरेक कुनामा समस्या छ । कोशी, गण्डक, महाकाली, टनकपुरको सन्धि होस्, सुस्ता या विगतदेखि विवादमा रहेको र यसवर्ष शिखरमा आएको लिपुलेक, कालापानी बारे पनि अनभिज्ञ छैनन् कोही ! केही समयअघि दार्चुला डुबानमा परेको र महाकाली नदीले आप्mनो शक्ति देखाएका बेला हेलिकप्टरका राहत प्याकेज र राजनैतिक आश्वासन धेरै बाँडिएका थिए । त्यसो त विपत्तिका सामु काठमाडौं पनि सुरक्षित छैन । त्रिशुलीले धेरै मान्छे निलेको छ । संघीय राजधानी छिर्ने बाटाघाटाहरु त्यस्तै छन् । पछि खुलेको फास्ट ट्रयाकबाट पनि धेरै मान्छे मारिएका छन् । त्रिशुलीले धेरैलाई निलेको छ, वर्षायाममा यी कुरा सबैले सम्झिन्छन्, हिँउदमा बिर्सिने बानी छ । विदेशीले दिएको राहत प्याकेजले मुख भरिएको छ त्यसमा लूटको धनमा फुपुको श्राद्ध भएको छ, लुट्नेलाई त देश स्वर्ग बनेको छ ।
सरकार आयातीत वस्तुबाट राजस्व उठाउन तल्लीन छ, औद्योगिक क्षेत्र उद्घाटन गर्छ, यसअघि स्थापना भएका ठूला औद्योगिक क्षेत्रहरुको उपलब्धि खोइ, अनि विशेष आर्थिक क्षेत्र तयार भइसकेको भैरहवा सेजकोे औद्योगिक उपलब्धि खोइ, सयौँ स्वास्थ्य केन्द्रहरु एकैपटक उद्घाटन भए, उपलब्धि हुने कहिले ? मेलम्चीको सुरुङमा पानी हालेर काठमाडौँको तिर्खा कसरी मेटिएला ? हामीकहाँ कामभन्दा गफ धेरै भएका छन् । नैतिक र इमान्दारले शासन गरेन देशमा ! यहाँ केवल भोग छ, रोग छ, शोक छ, सन्त्रास छ, पीडा छ । महंगीले आकाशै छोएको छ, विप्रेषणले बजार धानेको छ, मान्छेको रगत पसिना विक्री गरेर प्राप्त धनले मस्ती गरिँदैछ ।
प्रविधिको विस्तारको नाममा आफ्नो मौलिकता हराएको छ । राजनैतिक माहोल तताउन देशाटन गर्नुको साटो सुदूरको पीडा बुझ्न जरुरी छ, सुदूर पश्चिमको पीडा सुदूर पूर्वमा साटिन जरुरी छ, हिमालको सौन्दर्य तराईमा पुर्याउँन जरुरी छ । तराईको उर्बरता पहाड र हिमाल सबैतिर पुर्याउँन जरुरी छ । तेरो, मेरो भनेर कैँचीले झैं काट्ने होइन, सबै हाम्रो भनेर सियोले झैं सिउने हो । यति सानो भूगोल बोकेको देश सधैँ हराभरा बनाउन सकिन्छ, दलहरुको कित्ता काटे झैं देशलाई पनि भागबण्डा लगाइन् भएन, आफू र आफ्नालाई मात्र बाँडचुड गर्नु भएन, मातृभूमिले यो सहन सक्तिनन् ।
मुलुक लामो समय राजनैतिक अस्थिरतामा रहँदा श्रम सम्बन्ध अत्यन्त कमजोर रह्यो । औद्योगिक पूर्वाधार सरकारले तय गर्नै सकेन । लामो समय ऊर्जाको संकट भएकाले लगानी मैत्री वातावरण तय हुन सकेन । कानूनी जटिलताहरु रहे अघिल्ला दिनहरुमा । केही विदेशी लगानी आएको देखिए पनि त्यसको प्रतिफल मुलुकले तत्काल पाउन सकेन । अझैं पनि यो उत्साहजनक ढंगले आकर्षित हुन सकेको छैन । तिब्ररुपमा आर्थिक विकासमा अघि बढेको चीन र भारतको बीचमा रहेको हाम्रो मुलुकमा लगानी उत्साहजनक हुने अवस्था हुँदाहुँदै पनि आशातीत आकर्षण भएको पाइन्न ।
गएका दिनमा लगानी सुरक्षित हुने केही द्विपक्षीय, बहुपक्षीय प्रतिबद्धता, सम्झौताहरु भएका छन् तर विगतको भूकम्पले सबैको सातो लियो । वर्षौँअघि विश्व व्यापार संगठनको सदस्यता लिइसके पनि नेपालले अन्य मुलुकमा निर्यात गर्न सक्ने गुणस्तरीय सामानको उत्पादन वृद्धि गर्न सकेको छैन । लगानी मैत्री वातावरणको सृजना गरी स्वदेशी एवं विदेशी पूँजी, प्रविधि, शीप हस्तान्तरण हुन सक्ने वातावरण पनि तय भएन ।
मुलुकभित्रको सीमित गाह्र्यस्थ बचतलाई पनि अन्य व्यवसाय क्षेत्रमा लगानी गराउन सकिएन । स्थानीय स्रोत, सीप, साधनको पहिचान र क्षेत्रीय सन्तुलनको वातावरण पनि तय भएन । आधुनिक प्रविधि, व्यवस्थापकीय कौशलता, प्राविधिक सीप र भौतिक पूर्वाधारको यथेष्ट प्रयोग भइनसक्दा मुलुकको विकासको गति धीमा नै रह्यो । बंगलादेशको जम्बो टोलीको भ्रमणबाट भएको उपलब्धिलाई पनि केलाउनु पर्छ कि ?