• आश्विन १३ २०८१, आईतवार

गुरुलाई दक्षिणा दिइएन भने ज्ञान हासिल हुँदैन

चैत्र १० २०७७, मंगलवार

१.सफलताको सिमा हुँदैन । तला मात्र हुन्छ । उद्धेश्यको चन्द्रमा हुँदैन, ताराहरु मात्र हुन्छन् । एकपछि अर्को खोज्दै, हेर्दै जाने । इच्छा र आकाङ्क्षाको गन्तव्य हुँदैन, चौतारा मात्र हुन्छ । तारा सानो भए पनि धेरै छन् । चन्द्रमा ठूलो छ तर एउटा मात्र छ । एउटा चन्द्रमामा रमाउने वा धेरै तारामा रमाउने, त्यो छनोट आफ्नै हो ।

२.सम्पत्ति, सम्मान र सोमरसपनाबाट प्रकट हुने सारा अभिमान एवम् स्वाभिमान आडम्बरको दुव्र्यसन मात्र हो । धन जब सम्पत्तिको रूखमा झाङ्गिन्छ, त्यहाँ कालसर्प पनि पस्ने गर्छ ।

३.शङ्काशील एवम् निन्दाशीलहरूलाई न सम्झाउन सकिन्छ, न बुझाउने । उनीहरूको इष्र्यालु टिप्पणी न्यायिक तर्कको गर्भबाट होइन प्रदुषित मनको सगालबाट निस्किन्छ । अज्ञानीसँग शब्दले होइन, निःशब्द भई संवाद गर्ने हो । जीवन न आकाशमा उड्ने जहाज हो, न लिगमा चल्ने रेल । यो त घुम्ती, मोड उकालीओराली छिचोल्दै डाँडाकाँडामा गुड्ने बस हो ।

४.सुन्दर बगैचामा एउटा फूल मुर्झाए पनि चाल पाइन्छ तर भद्रगोलपार्कमा रूख नै सुके पनि थाहा पाइँदैन । माछामा काँडा छ भन्दैमा खानुहुँदैन भन्ने सोच राख्नु मुर्खता हो । आँखा चिम्लिएर जब दिमागको ढोका खोलिन्छ, तब मनको भावसँग मष्तिश्कको समायोजन हुन्छ । जब सपना, सिर्जना र योजनाको खाका कोरिन्छ, त्यो बेला खोल्तीले धानेको र दिमागले थामेको काम गर्नुपर्छ श्रम परिश्रम, लगन, इमान र धैर्यको सङ्घर्ष नै उघमशीलताको कथा हो ।

५.संरक्षणको चुनौती भनेको विकासले लिएर आउने समस्याको व्यवस्थापन हो । संरक्षण भनेको समकालीन पुस्तालाई फाइदा पुर्याउँदै भावी सन्ततिको भविष्य सुरक्षित बनाउने प्रकिया हो । विकासको रूपौलो खास्टोले विकृतिलाई जसरी लुकाउन सकिन्छ, त्यसरी नै संरक्षणको कालो चस्माले विकासको गतिलाई अलमलाउन सकिन्छ । विकासलाई तीन दृष्टिले हेरिन्छ । आम्दानीको झिल्के चस्मा, संरक्षणको कालो चस्मा र सन्तुलनको पढ्ने चस्माले प्रगाढको उत्तेजनामाक होस् वा पीडाको सन्तापमा र चिन्ताको तनावमा, हरेक रापको तापले पनि अर्को नयाँ ताप दिँदो रहेछ ।

६.जसले उपलब्धि भन्दा जस खोजी हिंड्छ, उसको बाटो हुन्छ । तर गन्तव्य हुँदैन । गन्तव्य छ भने बाटो हुँदैन । सञ्चार राज्यको चौथो अङ्ग हो भने अब सामाजिक सञ्जाल पाँचौ अङ्ग हुँदै छ । जीवनको भोगाइलाई अनुभवको रजाइमा ओढेर सचेतनाका शब्दहरूमा उद्व्ररण गर्नु कोटेसन हो । सुख दुई किसिमको हुन्छ: मोजपछिको सुख र सन्तुष्टिपछिको सुख ।

७.खुशीको खुड्किलामा टेकेर सुखी आँगनमा पुग्ने हो । टोलटोलमा जिम्मेवारीविहिन राजनीतिक गफ हाँक्नेहरूलाई एकचोटी देशको प्रधानमन्त्री बनाए के होला ? जुन बेलासम्म आफूमा ‘मेरो काम राम्रो, अर्काको नराम्रो’ भन्ने अहम् र अभिमानको आत्माकेन्द्रित सोच हाबी हुन्छ । जतिसुकै बौद्व्रिक भए पनि कोही सभ्य हुन सक्दैन । निन्दाशील मान्छेसँग संवाद गर्नु बेकार छ । किनकि उसको शब्दकोषमा तर्क र कुतर्कको अर्थ हुँदैन । नक्कली सफलता उतार्न सकिन्छ । तर सक्कली सफलता आफैले जन्माउनु पर्छ ।

८.राजतन्त्र सकिंदैमा हिमालयन किङ्डम भन्न नहुने ? कस्तो लघुताभास ? राजदूतलाई अब के भन्ने ? बाघ जङ्गलको राजा हो भने हिमाल पहाडको राजा होइन ? देश भाषणले होइन, उदाहरणले बन्छ । धान उब्जाउने किसान र धन उमार्ने व्यवसायीले समाजलाई समृद्व्र बनाउन सक्छन् । जीवनमा हरेक दिन राम्रो हुन्छ भन्न सकिन्न तर हरेक दिनमा कुनै राम्रो क्षण लुकिरहेको हुन्छ । त्यो क्षणको सदुपयोग गर्न सकियो भने दिन नै राम्रो बन्न सक्छ ।

९.आस, विश्वास र भरोसाको आँखा एकचोटी खोलेर हेर्ने भने थाहा हुन्छ । देश खत्तमै छैन , यहाँ केही भइरहेकोको छ । अदृश्य गुमनाम एवम् निराकार ट्वीटर र फेसबुकेहरूको मति तीतो भए पनि तीखो छ । कति राम्रो हुन्थ्यो, उनीहरूको चेत र कौशल सकारात्मक भइदिए ।

१०.मार्क जुकरबर्ग र ज्याक डोर्सिले सामाजिक सञ्जालको श्रीखण्ड दिए । त्यसलाई खुर्पाको बिंड बनाएर, काटेर, बालेर खिचडी पकाउने हो वा श्रीखण्ड घोटेर टीका लगाउने हो, आफ्नै हातमा छ । डाक्टरलाई शुल्क तिरिएन भने रोग निको हुँदैन । गुरूलाई दक्षिणा दिइएन भने ज्ञान हासिल हुँदैन । त्यसैले सितैमा कसैको नखाऔं, गुणग्राही बनौं । बुद्धी सधैं उपलब्धि भन्दा एककदम अगाडी बढ्छ । त्यसैले अपुग र अभावले हामीलाई सधै सताउने गर्छ । विकास ‘हार्डवेयर’ हो भने विवेक सफ्टवेयर । हल्लाले जब पात हल्लाउँछ, आफू हल्लिनुअघि एकचोटी सोचौं ।

११.पतिङ्गर हावाहुरीले हो कि फुफु गरी हल्लाइएको हो । व्यापार जगतमा मात्र होइन, पुरै समाज विडम्बनाको हाउगुजीमा अल्झिरहेको हुन्छ । कसैको नोक्सान, कसैको नाफा, कसैको दुर्गति, कसैको प्रगति । राजनीति निरन्तर बगिरहने विचारधारा हो । यो पक्षविपक्षको अन्त्यहीन लडाईं हो । यहाँ तर्क वितर्क, कुतर्क लक्ष्मणरेखा हुँदैन ।

१२.राजनीतिक सिद्धान्तमा पूर्णविराम लाग्दैन । इच्छा र सोख फरक विषय हुन् । इच्छा योजनाबिनाको चाहना हो भने सोख योजनाबिनाको इच्छा हो । काम गर्नेहरूलाई साथ दिने हात भयो भने यो देशमा कुलमानहरूको कमी छैन । बाध्यता सधैं विकल्प हुन सक्दैन । किन कि यो लचिलो असमर्थताको अस्पष्ट व्यक्तिगत अभिव्यक्ति हो । मौका पाउनेले होइन, खोज्नेले सफलता हासिल गर्छ । सफलता अवसरको अंशियारले होइन, अन्वेषकले पाउने हो ।

कर्ण शाक्यको ‘कोष जीवन पछिको जीवन’ बाट ।