• मंसिर १३ २०८१, बिहीबार

केपी ओलीको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेलसम्म मात्रै : वरिष्ठ नेता नेपाल

चैत्र १० २०७७, मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिनको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेलसम्म मात्रै भएको टिप्पणी गरेका छन् ।

मंगलबार राजधानीमा अनेरास्ववियुले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने , ‘प्रधानमन्त्री ओलीको चुरीफुरीको हावा कुर्सीबाट बाहिर निस्केपछि खुस्किन्छ ।’

त्यस्तै, उनले ओलीले मागेको कथित स्पष्टीकरणबाट आफूहरु नतर्सिएको र आफूहरु ओलीविरुद्ध आत्मसमर्पण नगर्ने पनि बताएका छन् ।

ओलीले जस्तोसुकै सेटिङ गरेको भएपनि अब कुनैपनि हालतमा राजतन्त्र पुनःस्थापना नहुने बताउँदै अबको लक्ष्य समाजवाद नै रहेको उनको दाबी छ ।