• मंसिर १३ २०८१, बिहीबार

जसपा निकट प्रगतिशील नेपाली समाजको भारतमा संगठन विस्तार

चैत्र १० २०७७, मंगलवार

 लोकेन्द्र सेर्पाली, गोवा । जनता समाजवादीको प्रवासी भातृ संगठन प्रगतिशील नेपाली समाज समितिले भारतभरी संगठन विस्तारमा गरिहेको छ । यसैबीच पंजाब राज्य समितिको सचिवालय बैठकले विष्णु शर्माको संयोजकत्वमा १३ सदस्यीय राज्य समिति गठन गरेको छ ।

संगठनका केन्द्रीय उपाध्यक्ष प्रेम घतानेको प्रमुख उपस्थितिमा भएको बैठकले समितिको संयोजको जिम्मेवारीमा विष्णु शर्मालाई दिएको छ । त्यसैगरी उपसंयोजमा विनोद शर्मा सचिव, मित्र पौडेल, कोषाध्यक्षमा पृतम मगर र सहकोषाध्यक्ष कृष्ण शर्मालाई जिम्मा दिइएको छ । साथै समितिको सचिवालय सदस्यमा विजया मल्ल र राज्य समिति सदस्यहरुमा मनिलाल चयन भएका छन् ।

त्यस्तै सोही अवसरमा विभिन्न विभागमा पनि जिम्मेवारी निर्धारण गरिएको छ । महिला विभागमा सुश्मिता, लक्ष्मी हमाल र सारदा पौडेललाई चयन गरिएको छ भने साँस्कृतिक विभागको प्रमुखमा दिपु परियार र नरेश परिवार, रितु विष्ट र वसन्ती विष्टलाई चयन गरिएको छ । नयाँ कार्यसमितिलाई शुभकामना मन्तव्य दिंदै केन्द्रीय उपाध्यक्ष प्रेम घतानेले आफ्नो संगठन भारतमा अझै विस्तार गरिने जानकारी दिए ।