• मंसिर ८ २०८१, शनिबार

अन्तरिक्षमा पुग्ने प्रष्पिर्धाः ३८ भू-उपग्रह सहित रुस पुग्यो अन्तरिक्षमा

चैत्र ९ २०७७, सोमबार

काठमाडौं । अन्तरीक्षमा कसले के गर्ने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला रूसले ३८ वटा भू-उपग्रह राखेर सोयुज यानलाई अन्तरीक्षमा प्रक्षेपण गरेको छ । रुसको कजाखस्तानस्थित बाइकोनुर अन्तरीक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण भएपछि रुसले निकै खुशी मनाएको छ ।

रुसले लामो मेहनतपस्चात् यस पटकको प्रक्षेपणमा सफलता हात पारेको छ । विगतमा यसको सफलताका लागि केही आशालाग्दा प्रयासहरु भए पनि प्राविधिक समस्याका कारण ती स्थगित हुन पुगेका थिए । तर त्यो खुशी सोमवार रुसको पोल्टामा परेको छ । रूसी अन्तरीक्ष निकाय रोसकोसमोसले यसलाई ठूलो सफलताका रुपमा लिएको जनाएको छ ।

अन्तरीक्षमा दक्षिण कोरिया, जापान, क्यानडा, साउदी अरेबिया, जर्मनी, इटाली र ब्राजिललगायतका १८ वटा देशका भूउपग्रहहरु एकैसाथ पठाइएका छन् । खुशीका कुरा त प्रक्षेपित भू–उपग्रहमध्ये ट्युनिसिया आफैँले विकास गरेको भू–उपग्रह पनि यसमा सामेल गरिएको छ । यो भूउपग्रह टेल्नेट दूरसञ्चार समूहले तयार पारेको हो ।

rus setelight

तात्कालीन सोभियत संघको पतनपछि रसियाको अन्तरीक्ष कार्यक्रमले ठूलो धक्का खाएको थियो । तर पनि यस्ता समस्याहरु झेल्दै रुसले बेलाबखत अन्तरीक्ष अभियानमा आफूलाई समावेश गर्दै रह्यो । अहिले रुस अन्तरीक्ष प्रतिस्पर्धामा फेरि सामेल हुन पुगेको प्रमाण १८ वटा भूउपग्रहसहितको यान प्रक्षेपणले व्यवहारतः देखाएको छ ।

योभन्दा अघि सन् २०१८ मा रसियाली र अमेरिकी नासाका अन्तरीक्ष यात्री बोकेर उडेको एउटा सोयुज यानमा प्राविधिक खराबी देखिएपछि आपतकालीन रूपमा अवतरण गराई सबै यात्रीको सकुशल पृथ्वीमा उद्धार गरेको थियो ।