काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन भष्मासुरसँग तुलना गरेका छन् । सोमवार बिहान सामाजिक सञ्जालमार्फत भट्टराईले नयाँ रणनीति आवश्यक रहेको बताएका छन् ।
उनले मिथकहरूबाट प्रेरणामात्रै लिने भएकाले हुबहु उही दोहोर्याउन नहुने बताएका छन् ।
उनले लेखेका छन् ‘मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्याउने हैन!भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले)वरदान फिर्ता लिनुसट्टा अर्काले (बिष्णुले)छल गरेर वध गरेकाथिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो!नयॅा रणनीति चाहियो!