• मंसिर १३ २०८१, बिहीबार

म बाँचुन्‍जेल लड्ने नै भएँ,अन्तिम समयसम्म लडिराख्छु : प्रचण्ड

चैत्र ८ २०७७, आईतवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब अर्काे आन्दोलन थालनी गर्नुपर्ने स्थिति देखिएको बताएका छन् । आइतबार छुवाछुत विरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनयुद्धको थालनी गर्दा आफू ४२ वर्षको, शान्ति प्रक्रियामा आउँदा ५२ वर्ष भएको र अब फेरि अर्काे आन्दोलन लड्नुपर्ने बेला आएको बताए ।

‘म ३६ वर्षको उमेरमा पार्टीको महासचिव भएको मान्छे । जनयुद्ध सुरू गर्दा ४२ वर्ष थिएँ र शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ,’ उनले भने, ‘अब पनि मेरो लडाईं सकिएको छैन । म बाँचुन्‍जेल लड्ने नै भएँ । अन्तिम समयसम्म लडिराख्छु ।’
उनले सशस्त्र द्वन्द्वको प्रसंग उठाउँदै बाचुन्जेल जनताकैबीचमा लड्ने पनि बताए ।

आफूले तत्कालिन राजनीतिक परिस्थितिमा प्राप्त हुन सक्ने उपलब्धी लिएर थप उपलब्धी लिनका लागि संघर्ष गरिरहेको जिकिर गरे।