जाडो मौसम आउने बितिकै शरीर सौन्दर्यलाई लिएर कैयौं खालका चिन्ता आउन थाल्छन् । जाडो मौसममा यदि शरीर सौन्दर्यमाथि ध्यान दिइएन भने छाला फाटन थाल्छ र सुख्क्खा हुन्छ । जाडो मौसम आउनुभन्दा पहिला नै यदि सौन्दर्यमाथि ध्यान दिने हो भने चिन्ता गर्नै पर्दैन ।
जाडोमा छालाभन्दा तलका तेल-ग्रन्थि र रक्त-प्रवाह मन्द हुने भएकाले छाला सुख्खा हुन्छ । आफ्नो दिनचर्यामा निम्न वर्णित कुराहरुलाई पालना गर्नुभयो भने यसको समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ ।
१. जाडोमा छालाको नित्य घर्षण र तेल मालिस गरेर १५-२० मिनेट घाममा बस्नुहोस् ।
२.साबुनको प्रयोग नगरी बेसनले शरीर सफा गरेर हल्का तातो पानीले स्नान गर्नुहोस् र चिसो तौलियाले शरीर पुछेर सुकाउनुहोस् ।
३. राती सुत्ने समयमा मुखमा दुधको मलाईले मालिस गर्नुहोस् ।
४. खुट्टालाई १० मिनेट तातो पानीमा भिजाएर तेलले मालिस गर्नुहोस् ।
५. ग्लिसरिनमा थोरै कागती हालेर हातमा मालिस गर्नुहोस् ।