काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले नेता भीम रावलसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
शनिबार बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु घनश्याम भुसाल, रामकुमारी झाँक्री, भीम रावल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
उनीहरुलाई पार्टी हित विरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँताएपछि प्रधानमन्त्री केपी शर्मा ओली र खनाल-नेपाल समूह विभाजित बनेको छ ।