काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता नेता माधवकुमार नेपालले आफूहरू पार्टी छोडेर नजाने बताएका छन्। राष्ट्रिय सभागृहमा आफू पक्षीय युवा संघको भेलालाई शनिबार सम्वोधन गर्दै उनले लामो त्याग र बलिदान गरेको पार्टीलाई नछाड्ने बताएका हुन् ।
‘हामी सँगै जाने पक्षमा छौं केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं’,उनले भने । उनले पार्टी एकतालाई जीवित राख्नका ओली २०७५ जेठ २ मा फर्किनुपर्ने बताए। ‘हामी एकताको पक्षमा छौँ। वामपन्थी सरकारलाई निरन्तरताको पक्षमा लागिरहेका छौँ। पार्टीभित्र सही विचार र राम्रो पार्टी निर्माणका लागि जुटिरहेको छौँ’ ।