• चैत्र २३ २०८१, आईतवार

सद्दाम मारिंदा सँगै रहेका अमेरिकी विशेषज्ञ भन्छन्- ‘उनलाई मारेपछि म आजीवन शोकमग्न छु’

चैत्र ७ २०७७, शनिबार

विल बार्डेनवेर्परद्वारा लिखित आफ्नै दरवारमा त्यो बन्दी अर्थात् ‘द प्रिजनर इन हिज प्यालेस’ मा विशेषज्ञ आदम रोगर्सनले भनेका छन्-‘मलाई अझैं पनि गहिरो अनुभूति छ कि मैले मेरै आगाडि उसलाई ढल्न दिए ।’ रोगर्सन सन् २००६ सेप्टेम्बर ३० मा तात्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनलाई फाँसीको सजाय सुनाइएका अन्तिम दिनहरुमा साथै थिए । किनकि, उनी सद्दामका विशेषज्ञ गार्ड थिए ।

उनले आफ्ना एकजना नजिकैका नातेदार गुमाए झैं गरी भने-‘मैले त मलाई अझै पनि एउटा हत्यारा झैं मान्छु, किनकि मैले मेरो साथमा रहेको एकजना नजिकको मानिसलाई मारे ।’ कब्जामा रहेका बेला पनि उनले मसँग धेरै कुराहरु शेयर गरे । ती गार्ड निरन्तर भनिरहन्छन्- हो, अनेकन कुराहरु गरे । तर कत्ति पनि निराशा व्यक्त गरेनन् । उनले सधैं जनता र देशलाई सम्झे, बरु आफ्नै परिवारका बारेमा कुरा गरेनन् ।

 

सद्दामले रसियन साहित्यकार तथा पत्रकार दोस्तोयभ्स्की र नगुइव महफौजका कृतिहरुको धेरै सम्झना गरे । लिइएका शिक्षाहरुको व्याख्या गरे । बन्दी अस्थामा पनि उनी निकै आत्मविश्वासी मुद्रामा कुरा गरिरहे, ती गार्ड रोगर्सन निकै स्तब्ध मुद्रामा यी कुराको स्मरण गर्छन् । उनको सम्झनामा रहेसम्म सद्दामले धेरै यस्ता मन छुने कुराहरु गरे र निवन्धात्मक शैलीमा लामालामा व्याख्या पनि सुनाए, ती कत्ति पनि पट्यारलाग्ने खालका थिएनन् । निकै उत्साहवद्र्धक !

ती गार्ड थप्दै जान्छन्, उनी मलाई भन्थे- ‘तपाईले त मलाई धेरै बुझिसक्नु भयो, म एक निबन्धकार हुँ ।’ उनले सबैभन्दा मनछुने कुरा बोलेका थिए- ‘तपाईले त्यो सीआईएको केरकार गर्ने मानिस जोन निक्सनको ‘मलाई कलम र कापी नदिने कुरा स्वीकार गरेर वास्तविक स्वतन्त्रताको हकबाट बञ्चित गराउनु भएको छ, यो स्वतन्त्रताको वास्तविक अस्वीकृति हो ।’

 

झुण्डयाइनु अघिका दिनहरुमा सद्दाम हुसेनको रखवारीका लागि अमेरिकाको जासुसी संस्था सीआईएले १२ जना अमेरिकी सशस्त्र सेना खटाएको थियो । त्यहाँ रहेका विशेषज्ञ रोगर्सनसहित कुल १३ जना । उनलाई पिंजडाको सिंहझैं निकै कडीकडाइमा राखिएको थियो । तर सद्दामले ती १३ जनालाई आफ्ना नजिकका नातेदार र सहयोगी झैं व्यवहार गर्ने गर्दथे । आज पनि ती गार्ड र विशेषज्ञ सद्दामको मृत्युलाई लिएर निकै दुःख मनाउ गरिरहेका छन् ।

सद्दामको शासन कालका अन्तिम दिनहरुमा इराकप्रतिको अमेरिकी नीतिमा सद्दामको असहमति थियो । उनले अमेरिकाको इराकविरोधी नीति तथा कार्यक्रम स्वीकार गरेनन् । यही कुरालाई कारण बनाएर अमेरिकाले उनलाई इराकी सत्ताबाट अपदस्त गरेको घोषणा गर्यो । इराकमा रहेका शिया समुदायका नेताहरुले अमेरिकी कदमलाई साथ दिए । अपदस्त इराकी राष्ट्रपति आफ्नै गृह नगर टिक्रिटमा भूमिगत जीवन बिताइरहेका थिए । उनलाई जमिन मुनिको टनेलबाट सन् २००३ मा अमेरिकी सशस्त्र सेनाले कब्जामा लिएका थिए ।