• मंसिर ७ २०८१, शुक्रबार

त्रिविले आफ्नो भविष्य बर्वाद पारेको विद्यार्थीको गुनासो

चैत्र ७ २०७७, शनिबार

काठमाडौं । नेपालको सबै भन्दा पुरानो विश्वविद्यालय हो त्रिभुवन विश्वविद्यालय । यो विश्वविद्यालयमा अहिले लाखौं विद्यार्थीहरु पढिरहेका छन् । तर जिम्मेवार र जेठो विश्वविद्यालयले नै विद्यार्थीको शैक्षिक भविष्यमाथि खेलवाड गरिरहेको छ । उसको मातहतमा सञ्चालनमा आएका अरु क्याम्पसहरुले विभिन्न तहका परिक्षा सञ्चालन गरी नयाँ कक्षा पनि सञ्चालन गरी सक्दा समेत त्रिभुवन विश्वविद्यालयको भने अहिलेसम्म पनि गति सुस्त रहेको छ । विद्यार्थीहरूको यसको जवाफ कसले दिने हो ।

विभिन्न जिल्लामा रहेका त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्यम्पसलाई पढाई सञ्चालन हुन किन ढिला भएको हो भनेर सोध्दा केन्द्रिय कार्यालयबाट सूचना नआउञ्जेल हामीले केही गर्न मिल्दैन भन्दै गैरजिम्मेवार उत्तर दिँदै आएको विद्यार्थीको गुनासो छ । अहिलेसम्म पनि गत वर्ष पहिलो वर्ष वि.एडको परिक्षा फर्म भर्ने सूचना अहिलेसम्म पनि नआएकोले विद्यार्थीको मनमा निरासा छाएको छ । यसरी कहिले सम्म विद्यार्थीहरुले विश्वविद्यालयको यो हर्कत सहिरहने हो ?

अहिले त कोरोनाको प्रभाव छैन वा कम भएको छ । यस्तो अवस्थामा चाँडो परिक्षा हुनु पर्छ भने विद्यार्थीको माग रहेको छ । विद्यार्थीका गुनासो कसले सुन्दिने हो र प्रशासनले सुन्दैन । विद्यार्थीको हक अधिकार हामी सुनिश्चित गर्छौं भनेर विभिन्न पार्टीका विद्यार्र्थी संगठन छन् तर पनि सबै संगठनका नेताहरु भने अहिले देशको राजनीतिक डामाडोल बनाएका छन् ।

उनीहरुलाई पढाईको केही मतलब छैन भने विद्यार्थीहरूको गुनासो छ । विद्यार्थीका हक अधिकारको लागि हामी छौं भन्नेले अब यतातिर लगेर परिक्षा सञ्चाल चाँडो हुने वातावरण मिलाउन विद्यार्थीको अनुरोध गर्दै छन् ।