डल्फिन अत्यन्त बुद्धिमान समुद्री जीव हुन् । तिनीहरू नयाँ कुरा सिक्न, खेल खेल्न, सामाजिक सम्बन्ध बनाउन र एक–अर्कालाई सहयोग गर्न निकै मन पराउँछन् । ती मानिसजस्तै दुःखमा अत्यन्तै शोक मनाउने र एकअर्काको पीडा अनुभूति गर्छन् । डल्फिन परोपकारी स्वभावका हुन्छन् ।
लामो समयसम्म बिरामी वा घाइते जीव वा व्यक्तिसँग बस्न रुचाउँदछन् । तिनले निको नहुँदासम्म साथ दिन्छन् ।
डल्फिन एक–आपसमा कुराकानी गर्दछन् । डल्फिन एक अर्कालाई उनीहरूको नामबाट बोलाउँछन् । यिनीहरुको आफ्नै समाज हुन्छ । ठाउँ सर्दा वा टाढाको यात्रा गर्दा डल्फिन प्रायः १,००० को संख्यामा सामूहिक यात्रा गर्दछन् । डल्फिन एक्लै बस्नसक्ने प्राणी होइन ।
यात्राको समयमा तिनीहरु प्रतिघण्टा २० माइलको दरले यात्रा गर्छन् । यो उनीहरुका लागि सहज यात्रा हो । डल्फिनले मानवको क्रियाकलाप र त्यसबाट निस्कने तरंग महसुस गर्दछन् । यिनीहरु यति वैज्ञानिक प्रकृतिका हुन्छन् कि समुद्रमा रहने हरेक प्राणीको क्रियकलाप यिनीहरुका लागि पहिचानयोग्य हुन्छ । डल्फिनका बारेमा जीव वैज्ञानिकले लामो समयदेखि अध्ययन अनुसन्धान जारी राखे पनि धेरै कुरा बुझ्न सकेका छैनन् ।
यिनीहरुको बाँच्ने र बच्ने तरिका पनि निकै अनौठो छ । डल्फिनहरु पानीबाट सतहमाथि निकै उचाइमा बाहिरतिर हामफाल्छन् । वैज्ञानिकका लागि यो आश्चर्यको विषय बनेको छ । किन डल्फिन यसरी आकाशतिर हावामा हाम फाल्छन् ? कहिलेकाँही त यिनीहरु २० फिट माथिसम्म उफ्रन्छन् । ठूलो सेतो शार्क, टाइगर शार्क, डस्की शार्क र बैल शार्क डल्फिनका ज्यानी दुस्मन हुन् ।
डल्फिनले सुरुमा सृुँघ्ने मात्र गर्छन् । सुरुमै टोक्ने र चोट पुर्याउने गर्दैनन् । बरु तिनीहरू रिसाए, निराश भए, चिन्तित भए वा डराए भने मात्र डस्न थाल्छन् । डल्फिनलाई सैन्य प्रशिक्षण पनि दिइन्छ । ती प्रशिक्षित डल्फिनलाई खानीहरू भेट्टाउन र हराएको मानिस फेला पार्न प्रयोग गरिन्छ । जापान, पेरू, सोलोमन टापु र फारोआदि टापुमा डल्फिनको सिकार गरिन्छ । यहाँबाट डल्फिनको मासु विश्वभर निर्यात गरिन्छ ।
भारत, हंगेरी, कोस्टारिका र चिलीले डल्फिनलाई “गैर–मानव व्यक्तित्व” घोषित गरेका छन् । यसका कारणले ती देशहरुमा डल्फिन मनोरञ्जनका लागि समात्न, कब्जा गर्न र प्रयोग गर्न र बन्धक बनाउन र मार्न पाइँदैन । डल्फिन आजको युगमा मात्र चिनिएका होइनन्, मरुभूमि सहर पेट्रा, जार्डनमा फेला परेका ईसापूर्व २१२ को प्रारम्भमा कुँदिएका चट्टानमा समेत यिनको चित्र पाइन्छ ।
डल्फिनको समूहलाई “स्कूल” भनिन्छ । पोथी डल्फिनलाई “गाई”, भाले डल्फिनलाई “साँढे” र किशोरलाई “बाच्छाबाच्छी” भनिन्छ । संसारभर रहेका जनावर संरक्षण तथा कल्याणकारी संस्थले संकलन गरेको तथ्यांकअनुसार विश्वव्यापी रूपमा करिब ३,००० डल्फिन रहेका छन् । डल्फिनको बारेमा सबैभन्दा प्रसिद्ध चलचित्र “फ्लिपर” “डल्फिनको दिन”, “जÞीउस र रोक्सन”, “द कोभ” र “डल्फिन टेल” आदि निकै चर्चामा छन् ।
२०१० मा, निर्देशक ग्रेग हगलिनले २० मिनेटमा चलचित्र “सर्फिंग डल्फिन” जारी गरे, जसमा विश्वका उत्कृष्ट कलाकारले भाग लिएका थिए । नाना र नेल्ली हालसम्मको रेकर्डमा सबैभन्दा लामो समयसम्म बाँच्ने डल्फिन हुन् ।