• मंसिर १३ २०८१, बिहीबार

प्रतिनिधिसभाको चौथो बैठक बस्दै

चैत्र ६ २०७७, शुक्रबार

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेदेखि शुरु हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ । कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो ।

सर्वोच्चको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेका थिए ।