काठमाडौं । चैत ८ गते अर्थात् मार्च २१ बिहानैदेखि निकै डरलाग्दो क्षुद्रग्रह पृथ्वीको नजिक आउन थालिरहेको छ । यसको आगमनलाई लिएर संसारभर चर्चा चलिरहेको छ । विभिन्न देशमा रहेका स्पेस एजेन्सीहरु कान ठाडा बनाएर सतर्कताको अवस्थामा रहेका छन् । उनीहरुलाई लागेको छ, कतै छुद्रग्रह पृथ्वीको धेरै नजिक त आउँदै छैन ?
यो क्षुद्रग्रहको पहिचान भैसकेपछि यसको माप पनि लिइएको छ । करीब १०२४ मिटर चौडा रहेको यो क्षुद्रग्रह एक खगोलीय पिण्डका रुपमा ३४ दशमलब ४ किमी प्रतिघण्टाको रफ्तारले पृथ्वीतिर आइरहेको छ । पृथ्वीको नजिक आउँदा यो रफ्तारमा निकै तीव्रता आउने देखिएको छ ।
यो पिण्ड पृथ्वीबाट १ करोड ९५ लाख किमी टाढा हुँदा नै वैज्ञानिकले यसको तस्वीर लिइसकेका छन् । नासाका अनुसार २१ मार्चका दिन यो क्षुद्रग्रह पृथ्वी र चन्द्रमाको झण्डै २० लाख किमी परसम्म आई अगाडि बढ्नेछ । तर यसको पृथ्वीतिर खस्ने सम्भावना देखिएको छैन । बरु यसले पृथ्वीको नजिकैबाट लम्बे यात्रा जारी राख्ने छ । यसलाई आधुनिक टेलिस्कोपबाट २१ मार्चको बिहान ८ बजेदेखि ८.३० बजे आधा घण्टासम्म हेर्न सकिने छ ।