काठमाडौँ। माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ब्युँतिएको छ । सर्वोच्च अदालतले माउ पार्टी व्यूँताएपछि वाईसीएल पनि ब्युँतिएको हो । काठमाडौंमा चैत ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले जानकारी दिए ।
संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए।
बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।