हिजो आजजस्तो ग्यासबाट खाना बनाउने प्रचलन थिएन । न त मट्टीतेल र विजुलीको हिटर नै प्रयोगमा थियो । खाना बनाउनका लागि दाउराको विकल्प थिएन । प्रतिनिधि सभाको २०१७ असार ११ गतेको वैठकमा सांसद लोचनशमशेर थापाले रक्षामन्त्रीसँग सोधे–
‘क) के यो सत्य हो कि माननीय मन्त्रीहरुका निमित्त रोजिन्दा पिपाहरुद्वारा दाउराको भारी पुर्याइदिने प्रबन्ध भएको छ ?
ख) हो भने दिनको कति भारीको दरले लगिदिने गरेको छ ?’
ग) के उक्त दाउराको निमित्त मन्त्रीहरुले मोल तिर्नुपर्छ, पर्छ भनो कुन हिसाबले ?
रक्षासहायक मन्त्री मिनबहादुर गुरुङ– ‘माननीय प्रधानमन्त्रीज्युकहाँ दिनको चारभारी दाउरा, उपप्रधानमन्त्रीकहाँ ३ भारी र अरु मन्त्री तथा सहायक मन्त्रीकहाँ २ भारीका दरले दाउरा पुर्याउने गरिएको छ । प्रतिभारी दाउराको नेरु. २५ पैसा उपलब्ध गराइन्छ ।’
मन्त्रीले पूरा जवाफ दिन नपाउँदै कम्युनिष्ट पार्टीका तुलसीलाल अमात्यले सोधे– ‘२५ पैसा भारी दाउरा जनतालाई पनि मिल्न सक्छ ?’
मन्त्री गुरुङ– ‘मिल्दैन । राणाकाल देखिको परम्पराका आधारमा मन्त्रीहरुलाई दाउरा दिइएको हो । पहिलेको तुलनामा अहिले कम दिइएको छ ।’
(स्रोत : जगत नेपालद्वारा लिखित पहिलो संसद, वीपी-महेन्द्र टकराव)