• मंसिर १३ २०८१, बिहीबार

बालुवाटारमा एमाले संसदीय दलको बैठक शुरु

चैत्र ५ २०७७, बिहीबार

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र शुरु भएको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु उपस्थित भएका छैनन् ।

आजको बैठकमा ओली पक्षका सांसदहरु मात्र उपस्थित रहेका छन् । यसअघि माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरु पनि बैठकमा उपस्थित हुने बताइए पनि उनीहरु बीच बाटैबाट सो पक्षको राष्ट्रिय भेलामा सहभागी हुन फर्किएका थिए ।